Category: नवलपरासी पूर्व

  • गैंडाकोटको ईन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सीपमूलक तालिम देशभरका ४१ शाखामा सम्पन्न

    गैंडाकोटको ईन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सीपमूलक तालिम देशभरका ४१ शाखामा सम्पन्न

    चितवन, असार ३ –
    नवलपरासी पूर्वको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको ईन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले व्यावसायिक सीपमूलक तालिम सञ्चालन गरिरहेको छ ।

    आफ्नो समुहमा आवद्ध सदस्यहरुको क्षमता अभिवृद्धी गरी स्वरोजगार सृजना गर्ने उद्देश्यले संस्थाले विभिन्न सीपमूलक तालिम अन्र्तगत व्यावसायिक बाख्रा पालन तालिम, व्यावसायिक तरकारी खेती तालिम, कुखुरा पालन, च्याउ खेती, बुङ्गुर पालन, मौरी पालन, माछा पालन तालिम दिँदै आएको छ ।

    संस्थाको देशभर रहेका ८८ वटा शाखाहरु मध्ये ४१ वटा शाखामा तालिम सम्पन्न भइसकेको छ । संस्थाले हालसम्म ४१ वटा शाखामा ३५८६ जना आफ्ना सदस्यहरुलाई तलिम दिएको संस्थाका प्रशिक्षक कृष्णप्रसाद पौडेलले चितवन आजलाई जानकारी दिए ।

    अन्य शाखामा पनि क्रमशः तालिम सञ्चालन गर्ने उनले बताएका छन् । आज पश्चिम नेपालको सुर्खेत शाखामा तालिम सम्पन्न गरिएको छ ।

  • गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार भारी मतअन्तरले निर्वाचित

    गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार भारी मतअन्तरले निर्वाचित

    चितवन, ४ जेठ

    नवलपरासी (वर्दघाट पूर्व)को गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् । मेयरमा मदनभक्त अधिकारी र उपमेयरमा शान्ति कोइराला निर्वाचित भएका हुन् ।

    मेयरका उमेदवार अधिकारीले निकतटम प्रतिस्पर्धी एमालेका छत्रराज पौडेललाई दुई हजार ८४९ मतअन्तरले पराजित गरेका हुन् ।

    अधिकारीले १६ हजार ४५५ मत प्राप्त गर्दा निवर्तमान मेयर समेत रहेका पौडेलले जम्मा १३ हजार ६०६ मत प्राप्त गरे । २०७४ को निर्वाचनमा पौडेल २०२ मतअन्तरले निर्वाचित भएका थिए ।

    उपमेयरकी उमेदवार कांग्रेसकी कोइराला सात हजार ४७४ मतअन्तरले निर्वाचित भइन् । कोइरालाले १६ हजार ११४ मत प्राप्त गर्दा एमाले र राप्रपा गठबन्धनका उमेदवार लुलाराम पौडेलले आठ हजार ६४० मत प्राप्त गरे ।

    गैंडाकोटका १८ वटा वडामध्ये १० वडामा कांग्रेसका उमेदवार निर्वाचित भए भने छ वडामा एमालेका उमेदवार निर्वाचित भए । एउटा वडामा माओवादी केन्द्रका उमेदवार निर्वाचित भए । न्युज कारखाना

  • गैंडाकोटको मेयरमा एमालेबाट पुनः छत्रराज पौडेल उठ्ने, उपमेयरका लागि राप्रपासँग तालमेल हुन सक्ने

    गैंडाकोटको मेयरमा एमालेबाट पुनः छत्रराज पौडेल उठ्ने, उपमेयरका लागि राप्रपासँग तालमेल हुन सक्ने

    गैँडाकोट, बैशाख ११ –
    नेकपा एमालेले गैँडाकोट नगरपालिकाको मेयरमा पुनः छत्रराज पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

    एमाले गैंडाकोट नगरकमिटीका उपाध्यक्ष नवराज कंडेलका अनुसार नेकपा एमाले गण्डकी प्रदेश कमिटीले पौडेललाई मेयर पदमा उठाउने निर्णय गरेको हो । एमालेबाट मेयर पदका लागि जिल्ला उपसचिव यमुनाथ आचार्य, जिल्ला सदस्य गोपालप्रसाद गौतम र छत्रराज पौडेलको नाम सिफारिस गरेर प्रदेश कमिटीमा पठाइएको थियो ।

    पौडेल २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट गैंडाकोट नगरपालिकाको मेयरमा विजयी भएका थिए । हाल उनले राजीनामा दिइसकेका छन् ।

    उपमयेरमा भने एमालेले राप्रपासँग तालमेल गर्ने गरी छलफल भइरहेको बताइएको छ ।

  • गठबन्धन सङघीय निर्वाचनसम्म : अध्यक्ष प्रचण्ड

    गठबन्धन सङघीय निर्वाचनसम्म : अध्यक्ष प्रचण्ड

    कावासोती, ३ वैशाख

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विरोधीहरूले गणतन्त्रलाई उल्ट्याउन खोजेको भन्दै यो कुरा जनतालाई बुझाउन जरुरी रहेको बताउनुभएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुलीमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले गठबन्धन सङ्घको निर्वाचनसम्म कायम रहने बताउनुभयो ।

    “गठबन्धनभित्र स्थानीय तह निर्वाचनमा तालमेल गर्ने कुरा सजिलो कुरा होइन, सबैलाई आफ्नो पार्टीले धेरै पाए हुन्थ्यो भन्ने छ । तर स्थानीय तहदेखि सङ्घको निर्वाचनसम्म गठबन्धन कायम हुन्छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो ।

    आउने चुनाव माओवादीका लागि चुनावमात्रै नभएर ‘ब्याटल’ ( लडाइँ) भएको उहाँको भनाइ थियो । अध्यक्ष प्रचण्डले भन्नुभयो, “आउने चुनाव, हाम्रा लागि चुनाव हैन, ब्याटल हो, लडाइँ हो ।” आउने चुनाव माओवादीले हर हालतमा जित्नुपर्ने बाध्यता भएकोसमेत उहाँले बताउनुभयो । “आउने चुनाव माओवादीले हरहालतमा जित्नुपर्ने बाध्यता छ, अहिले माओवादीले हा¥यो भने संविधान, गणतन्त्रले हार्छ, महिला, दलित, जनजाति, थारू, आदिवासी, मधेशी सबैको प्रतिनिधित्व भएको छ यसले हार्छ, सिंहदरबारको अधिकार गाउँमा ल्याइएको छ, त्यो अधिकारले हार्छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो । (रासस)

  • थुनछेक बहसका लागि पल शाहलाई नवलपुर लगियो

    थुनछेक बहसका लागि पल शाहलाई नवलपुर लगियो

    तनहुँ, २२ चैत –
    नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहलाई नवलपुर लगिएको छ । तनहुँ कारागारबाट थुनछेक बहसका लागि नवलपुर लगेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए ।

    मंगलबार विहान ७ बजे पछाडी कारागारको टोलीले उनलाई नवलपुर लगेको हो । नवलपुर अदालतले बयान र थुनछेक बहसका लागि उपस्थित गराउन पत्राचार गरेपछि पठाएको उनको भनाइ छ । ‘अदालतको प्रक्रियाअनुसार थुनछेक बहस सकिएपछि फेरी तनहुँ कारागार ल्याइनेछ’, उनले भने ।

    नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले शाहलाई तनहुँबाट झिकाइएको पुष्टि गरे । उनले भने, ‘केहीबेर अगाडि आउनुभएको छ ।आजै बयान लिएर सकियो भने थुनछेक बहस सुरु हुन्छ ।’

    क्षेत्रीका अनुसार गोला थुतेर कसकाे इजालसमा पर्छ भन्ने पनि टुंगो लागिसकेको छैन । ‘गोला थुतेर कसकाे इजालसमा पर्छ । त्यसपछि इजालस अधिकृतले बयान लिएर सकेपछि थुनछेक बहस सुरु हुनेछ’, उनले भने । ३ चैतमा सरकारी वकिलको कार्यालय नवलपुरले अदालतमा मुद्दा दायर गरेको सूचना अधिकारी क्षेत्रीले जानकारी दिए ।

    जिल्ला अदालत तनहुँले शाहलाई थुनछेक बहस सकाएर १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो । जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पल उच्च अदालत पोखरा पुगेका छन् । उच्च अदालतले निवदेन उपर पहिलो सुनवाई गर्दै तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरिसकेको छ । सुरुमा तनहुँ प्रहरीमा उजुरी परे पनि फेरि पलविरुद्ध नवलपुरमा पनि उजुरी परेको थियो । – न्युज कारखाना

  • भारतीय ट्रकको ठक्करबाट गैँडाकोटमा एक जनाको मृत्यु

    भारतीय ट्रकको ठक्करबाट गैँडाकोटमा एक जनाको मृत्यु

    नवलपुर, १७ चैत –
    नवलपरासी–बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा भारतीय ट्रकको ठक्करबाट आज बिहान एक साइकलयात्रीको मृत्यु भएको छ ।

    जिल्लाको गैँडाकोट–८स्थित नगरपालिका कार्यालय अगाडि युपी ९३ बीटी ४७५७ नं को भारतीय ट्रकको ठक्करबाट घाइते पहिचान नखुलेका करिब ५२ वर्षीय साइकलयात्रीको चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गैँडाकोटस्थित इलाका प्रहरी कार्यालयका प्रमुख लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो ।

    ठक्कर दिने भारतीय ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको उहाँले जानकारी दिनुभयोे । (रासस)

  • कावासोतीमा मृत गैँडा फेला

    कावासोतीमा मृत गैँडा फेला

    नवलपुर, २० फागुन –
    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृतावस्थामा फेला परेको छ । कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

    निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश तिवारीले स्थानीयले खबर गरेपछि मृत गैँडाबारे जानकारी पाइएको बताउनुभयो । “सामुदायिक वनको बेलघारी सोराहामा निउसो टिप्न गएका स्थानीयवासीले मृत गैँडा देखेपछि निकुञ्जलाई खबर गर्नुभएको थियो”, तिवारीले भन्नुभयो, “त्यसपछि निकुञ्जको टोली गएर मृत गैँडाको मुचुल्का उठाउने र त्यसको व्यवस्थापन गर्ने काम ग¥यो ।” मृत गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिनुभयो ।

    आज भेटिएको यो सँगै चालु आर्थिक वर्ष २०७८/७९ मा मा ३० वटा गैँडा मृत फेला परेका तिवारीले बताउनुभयो । यस वर्ष हालसम्म मरेका गैँडामध्ये २८ गैँडा प्राकृतिक कारण र बाघको आक्रमणबाट मरेका हुन् भने दुई गैँडा चोरी शिकारीका कारण मरेका तिवारीको भनाइ छ । (रासस)

  • अदुवा खेतीतर्फ किसानको आकर्षण बढ्दै

    अदुवा खेतीतर्फ किसानको आकर्षण बढ्दै

    नवलपुर, १२ फागुन
    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का किसान अदुवा खेतीतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लामा अदुवा उत्पादन राम्रो हुने र बजारीकरणमा कुनै समस्या नभएकाले अदुवा खेतीतर्फ किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बागवानी विकास अधिकृत शङ्कर पौडेलले पछिल्लो समय अदुवा खेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा समेत वृद्धि हुँदै गएको बताउनुभयो । आर्थिक वर्ष २०७६/७७ मा जिल्लाको ८७० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकामा आठ हजार ९९० मेट्रिक टन उत्पादन भएको पौडेलले बताउनुभयो । त्यस्तै आव २०७७/७८ मा ९०० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिँदा नौ हजार ८०० मेट्रिक टन उत्पादन भएको पौडेलको भनाइ छ ।

    चालु आव २०७८/७९ मा जिल्लाको ९५० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकामा नौ हजार ९५० मेट्रिक टन अदुवा मात्रै उत्पादन भएको छ । अदुवा खेतीको विस्तार भए पनि उत्पादकत्व भने खासै बढ्न नसकेको सूचना अधिकारी पौडेलले बताउनुभयो । जिल्लामा पछिल्ला तीन वर्षको अवधिमा अदुवाको उत्पादकत्व प्रतिहेक्टर १०.३७ मेट्रिक टनदेखि १०.८९ मेट्रिक टन मात्रै रहेको पौडेलको भनाइ छ ।

    जिल्लामा उत्पादन भएको ताजा अदुवा स्थानीय बजारसँगै काठमाडौँ, पोखरा, नाराणगढ, बुटवलसहितका बजारमा बिक्री हुने गरेको उल्लेख गर्दै सूचना अधिकारी पौडेलले बढी भएको अदुवाको सुठो बनाएर बिक्री गर्ने गरिएको जानकारी दिनुभयो । अन्य खेती नहुने खाली जमिनमा पनि अदुवाको उत्पादन हुने भएकाले कृषक अदुवा खेततर्फ आकर्षित भएका पौडेलले बताउनुभयो । जिल्लाको पहाडी क्षेत्रमा अदुवा खेती राम्रो हुने गरेको छ । (रासस)