Category: रत्ननगर

  • घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका १०३ गोही राप्ती नदीमा छाडियो

    घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका १०३ गोही राप्ती नदीमा छाडियो

    चितवन, २० फागुन 

    चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका १०३ गोही राप्ती नदीमा छाडेको छ । साउनयता पटकपटक गरी ती गोही नदीमा छाडिएको हो । छाडिएकामध्ये एउटा भाले र अन्य पोथी गोही रहेका छन् ।

    निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यस वर्ष छाडिएका गोही सन् २०२० मा कोरलिएका बच्चा हुन । गत आर्थिक वर्षमा १०५ गोही नदीमा छाडिएका थिए । नदी किनारबाट गोहीका अण्डा सङ्कलन गरेर प्रजनन् केन्द्रमा राखेर कोरल्ने गरिन्छ । त्यहाँ हुर्किएका गोहीलाई नदीमा छोड्ने गरिन्छ ।

    हालसम्म राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा दुई हजार ६० गोही छाडिएको छ । यद्यपि ती गोही बच्ने दररेट निकै न्यून छ । थापामगरका अनुसार गत वर्ष गरिएको सर्वेक्षणमा राप्तीमा १५२ र नारायणी ११३ गोही भेटिएका थिए । हाल प्रजनन केन्द्रमा ६९७ गोही रहेका छन् ।

    घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बङ्गलादेश, भूटान, म्यान्मालगायत देशमा समेत पाइने गरेका घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन् । चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो । त्यतिखेर देशभरमा १०० भन्दा कम सङ्ख्यामा घडियाल गोही रहेको अनुमान गरिन्छ ।

    नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, माछा मारेर खानेलगायतका कारण गोही प्राकृतिक बासस्थानमा असुरक्षित बनिरहेको सूचना अधिकारी थापामगरले बताउनुभयो । बाढी आउँदा गोही बगेर सीमापारि पुग्ने समस्या छ । हरेक वर्ष नदीमा गोही छाड्ने गरे पनि अपेक्षाकृत रुपमा सङ्ख्या भने बढ्न सकेको छैन ।
    –––

  • १८औं चितवन हात्ती तथा पर्यटन महोत्सवको आयव्यय सार्वजनिक

    १८औं चितवन हात्ती तथा पर्यटन महोत्सवको आयव्यय सार्वजनिक

    चितवन फागुन ११

    सौराहामा आयोजना गरिएको १८औं चितवन हात्ती तथा पर्यटन महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ ।

    महाेत्सवकाे आयाेजक संस्था क्षेत्रीय हाेटल संघ चितवन साैराहाले आइतबार औपचारिक कार्यक्रमकाे आयाेजना गरि आयव्याय सार्पजनिक गरेकाे हाे ।

    उक्त महोत्सवमा ३९ लाख ४३ हजार आम्दानी हुँदा ४६ लाख ६० हजार ५३९ खर्च भएर ७ लाख १७ हजार ५३९ रूपैया घाटा भएको महाेत्सवका संयाेजक रामकुमार अर्यालले जानकारी दिए । उठ्नु पर्ने रकम १७ लाख ४३ हजार हुँदा तिनुर्ने रकम २४ लाख ३५ हजार रहेकाे उनले जानकारी दिए ।

    चितवनकाे पर्यटन विकासकाे लागि पुस ११ गते देखि १५ गते सम्म हात्ती तथा पर्यटन महाेत्सव आयाेजना गरिएकाे थियाे । कार्यक्रममा संघका अध्यक्ष गंगा गिरीले हात्ती महाेत्सवलाई परिमार्जन गरि चितवन पर्यटन महाेत्सवका रुपमा अगाडि बढाउने प्रस्ताव गरेका छन् ।

    हात्तीलाई जाेड्दा अधिकारका कुरा उठाएर महाेत्सवलाई ध्वस्त पार्ने खेल सुरु भएकाे भन्दै उनले हात्ती महाेत्सवलाई परिमार्जन गरि चितवन पर्यटन महाेत्सवका रुपमा अगाडि बढाउन प्रस्ताव गरेका हुन । संघका महासचिव गुणराज थपलियाले सञ्चालन गरेकाे साे कार्यक्रममा संघका उपाध्यक्ष ओम पाण्डेले स्वागत मन्तव्य राखेका थिए ।

    संघका अध्यक्ष गिरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष किरण महताे, वडा नं ७ का वडासदस्य सुर्यबहादुर तामाङ, संघका पूर्वअध्यक्षहरु दीपक भट्टराई, नारायण भट्टराई, सुमन घिमिरे, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा, रेवान साैराहाका अध्यक्ष ध्रुव गिरी, बाघमारा वनका अध्यक्ष जीतु तामाङ, मृगकुञ्जकी सदस्य विन्दा कार्की लगायतकाे उपस्थिति रहेकाे थियाे ।

  • मानवअधिकार एलाइन्स चितवनको पालिकास्तरीय भेला, रत्ननगरमा कमिटी गठन

    मानवअधिकार एलाइन्स चितवनको पालिकास्तरीय भेला, रत्ननगरमा कमिटी गठन

    चितवन, माघ १३ –
    राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल मानव अधिकार एलायन्स चितवन शाखाको आयोजनामा रत्ननगर नगरपालिकामा पालिकास्तरीय भेला सम्पन्न भएको छ । भेलाले रामप्रसाद शर्माको संयोजकत्वमा ९ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको सहसंयोजकमा रीता थापा, सचिवमा लीला दाहाल, कोषाध्यक्षमा दीपेन्द्रराज रेग्मी रहेका छन् । यस्तै सदस्यहरुमा उषा मगर, विमल अधिकारी, ईश्वरी सिंखडा थापा, सूर्यकान्त आचार्य र विष्णुप्रसाद लामिछाने रहेका छन् ।

    एलाइन्स चितवन शाखाका अध्यक्ष किशोर खनालका अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा अध्यक्ष खनालले मानवअधिकारको रक्षार्थमा स्थानीय तह निरन्तर लाग्नुपर्ने र कहीँकतै चुक्न नहुने बताए ।

    चितवनका सात वटै पालिकामा पालिकास्तरीय भेला गरेर कमिटी गठन गर्ने अध्यक्ष खनालको भनाइ छ । खनालले मानवअधिकारको रक्षामा यसका रक्षकहरु सदैव लाग्नुपर्ने बताए ।

    कार्यक्रमका प्रमुखअतिथि रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले मानवअधिकार घरबाट सुरू हुने बताए । उनले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन भएकोतर्फ सचेत बन्नुपर्ने बताए । यस्तै, मानवअधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका अधिवक्ता मुकुन्द दाहालले प्रशिक्षण दिएका थिए । कार्यक्रमका अर्का वक्ता गोपीप्रसाद नेपाल, बागमती प्रदेश सदस्य कोपिला दुवाडीलगायतले मन्तव्य दिएका थिए । कार्यक्रम सञ्चालन सचिव चन्द्रकान्त ओझाले गरेका थिए ।

  • रत्ननगरबाट बेपता भएका शान्तमणि अधिकारी मृत भेटिए

    रत्ननगरबाट बेपता भएका शान्तमणि अधिकारी मृत भेटिए

    चितवन, माघ १२-
    रत्ननगरबाट तीनदिन देखि बेपता भएका लौरीघोलका शान्तमणि अधिकारी मृत भेटिएका छन् ।

    रत्ननगर नगरपालिका-१४ स्थित लौरीघोल देवीटोलका अधिकारी माघ १० गते दिउँसो १२ बजेदेखि सम्पर्क बिहीन भएका थिए ।

    प्रहरी टोलीले उनलाई आज शनिबार अपरान्ह पूर्वपश्चिम राजमार्गको टिकौली जंगल भित्र मृत फेला पारेको हाे ।

  • रत्ननगरमा मोटरसाइकल दुर्घटना भई गम्भीर घाइते भएका व्यक्तिको मृत्यु

    रत्ननगरमा मोटरसाइकल दुर्घटना भई गम्भीर घाइते भएका व्यक्तिको मृत्यु

    चितवन, पुस २० –
    चितवनको रत्ननगर नगरपालिका–१० त्रिनेत्र पेट्रोल पम्प अगाडि पुस १५ गते भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक व्यक्तिको शुक्रवार बेलुका साढे ५ बजे मृत्यु भएको छ ।

    मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ बस्ने वर्ष ३२ को राज कुमार घलान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    पुस १५ गते तमु ल्होसारको दिन साँझ ७ बजेको समयमा मादक पदार्थ सेवन गरेका दुई व्यक्ति सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

    पूर्व–पश्चिम राजमार्गमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा ९३ प ९३७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौंडा–१३ बस्ने वर्ष ३१ को प्रताप लामा र राजकुमार घलान घाइते भएका थिए ।

    दुवैको चितवन मेडिकल कलेजमा उपचार गरिएको थियो । मोटरसाइकल चालक लामा भने डिस्चार्ज भएर घर गइसकेका छन् ।

  • चितवनको रत्ननगरमा मापसे गरी मोटरसाइकल चलाउँदा दुर्घटना

    चितवनको रत्ननगरमा मापसे गरी मोटरसाइकल चलाउँदा दुर्घटना

    चितवन, पुस १६ –
    चितवनको रत्ननगर नगरपालिका–१० त्रिनेत्र पेट्रोल पम्प अगाडि मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई जना घाइते भएका छन् ।

    सोमवार बेलुका ७ बजेको समयमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा ९३ प ९३७० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

    दुर्घटनामा परी मोटरसाइकल चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–१३ बस्ने वर्ष ३१ को प्रताप लामा र पछाडि सवार सोहि ठाउँ बस्ने ३२ वर्षीय राजकुमार घलान घाइते भएका हुन् । दुवै जनाको चितवन मेडिलक कलेज भरतपुरमा उपचार भइरहेको छ ।

  • टि-फ्रेस खरिद गर्ने ग्राहकलाई सौराहामा एक दिने ट्रिप

    टि-फ्रेस खरिद गर्ने ग्राहकलाई सौराहामा एक दिने ट्रिप

    काठमाडौँ कार्तिक ५
    नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको उपलक्ष्यमा टेस्ला एसीले विशेष अफर ल्याएको छ । टेस्लाले आफ्नो प्रिमियम सिरिज T-Fresh एसी खरिद गर्ने ग्राहकका कपललाई पर्यटकीय गन्तव्य सौराहामा एक दिने ट्रिपको व्यवस्था गरेको छ ।

    विगत वर्षहरुमा झै ग्राहकहरुसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन यो अफर ल्याएको टेस्ला एसीको आधिकारिक विक्रेता भू-लक्ष्मी ग्रुपका निर्देशक किरण आचार्यले जानकारी दिनुभयो ।यो सिरिजको एसी खरिद गर्दा २० प्रतिशत छुटसहित सौराहामा रहेको होटल जंगल क्राउन वा अन्य लक्जरी होटलमा एक रातको बसाँईसहित कम्बो अफरको व्यवस्था गरेको छ । ग्राहकले स्विमिंङ् पूल (Swimming Pool) को सुविधासहितको भिल्ला

    शैलीको आवास (Villa Type Room), रातको खाना (Dinner) र विहानको खाजा (Breakfast),

    सौराहाको स्थानीय साँस्कृतिक कार्यक्रमको अवलोकन (Tharu Cultural Show) तथा चितवन राष्ट्रिय निकुञ्जमा साढे २ घण्टाको जिप सफारी (Jeep Safari) लगायतको प्याकेजको व्यवस्था गरिएको निर्देशक आचार्यले जानकारी दिनुभयो ।घरलाई आरामदायी बनाउन चाहने परिवार र तिहारको समयमा दाजुभाई तथा दिदी-बहिनीलाई एसी उपहार दिन चाहने ग्राहकका लागि यो अफर ल्याइएको आचार्यले उल्लेख गर्नुभयो । अफरले ग्राहकको आरामलाई बढावा दिन, यादगार क्षणहरु सिर्जना गर्नुका साथै स्थानीय पर्यटन प्रवर्धन गर्ने कम्पनीले विश्वास लिएको छ । यो अफर छठ पर्वसम्म मात्र लागु हुने कम्पनीले जनाएको छ । थप जानकारीका लागि ९८०११६४३६७ मा सम्पर्क गर्न सक्नुहुनेछ

  • थुनुवा मृत अवस्थामा फेला

    थुनुवा मृत अवस्थामा फेला

    चितवन कार्तिक ३
    इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा थुनामा रहेका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । आपराधिक लाभ कसुर मुद्दामा यही कात्तिक १ गते पक्राउ परेका रत्ननगर नगरपालिका–१३ का ४५ वर्षिय महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् ।

    आज बिहान ४ः४५ वजे बाथरुमको ढोका छेउमा घोप्टो परेको अवस्थामा भेटिएका उनलाई भरतपुर अस्पतालले मृत घोषणा गरेकाे हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार क्यामोदिनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।रासस

  • रत्ननगरकाे टाँडीमा ट्रककाे ठक्करबाट एक महिला गम्भीर घाइते

    रत्ननगरकाे टाँडीमा ट्रककाे ठक्करबाट एक महिला गम्भीर घाइते

    चितवन भदौ  २
    पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका २ –

    टाँडीमा ट्रककाे ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छिन । घाइते हुनेमा खैरहनी नगरपालिका वडा नं. १ की ४१ वर्षीया रिना धरेल रहेकाे इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका डिएसपी डा. हेम केसीले जानकारि दिए

    आइतवार बिहान करिब ६:४५ बजे पूर्वबाट पश्चिमतर्फ आउदै गरेकाे ना ६ ख ६६१६ नम्बरकाे ट्रकले पैदल यात्री धरेललाई कालिका पेट्राेल पम्प नजिकै ठक्कर दिदा उनकाे बायाँ खुट्टाकाे तिघ्रामा गम्भीर चाेट लागेकाे प्रहरीले जनाएकाे छ । घाईते महिलाकाे भरतपुर स्थित नयाँ मेडिकल कलेजमा उपचार भईरहेकाे प्रहरीले बताएकाेछ ।

    ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

  • पूर्वी चितवनका किसानलाई भैँसी वितरण

    पूर्वी चितवनका किसानलाई भैँसी वितरण

    चितवन, १० असार : 

    पूर्वी चितवनको रत्ननगर नगरपालिकाले ३० जना किसानलाई भैँसी वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत गत आर्थिक वर्षमा स्थापना भएको ‘भैँसी पकेट’ कार्यक्रमअन्तर्गत किसानलाई भैँसी वितरण गरिएको हो ।

    रत्ननगर–३ मा रहेको साइराम पशुपालन समूहमा आबद्ध किसानलाई गत वर्ष र यस वर्ष भैँसी प्रदान गरिएको रत्न नगरको पशुसेवा शाखाका पशुसेवा प्राविधिक सुन्दर बस्नेतले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा रु २५ लाखका ३३ वटा भैँसी किसानलाई दिइएको थियो भने चालु आवमा रु १० लाखका  १५ वटा भैँसी प्रदान गरिएको हो ।

    लामो समयदेखि भैँसीपालन गर्दै आएका किसानलाई थप प्रोत्साहन गर्ने योजनाअनुसार भैँसी प्रदान गरिएको बस्नेतले बताउनुभयो । उहाँका अनुसार समूहमा रहेका सदस्यमध्ये १५ जना दुवै आवका कार्यक्रममा सहभागी भएका छन् ।

    भैँसीपालन गर्ने किसानले अनिवार्य रुपमा बीमा गर्नुपर्ने, तीन वर्षसम्म नियमित भैँसीपालन गर्नुपर्नेलगायत प्रावधान तोकिएको बस्नेतले जानकारीदिनुभयो । “किसानलाई एउटा भैँसी खरिद गर्न रु ५० हजारसम्म वा भैँसीको मूल्य अनुसार ५० प्रतिशत अनुदान दिने गरेका छौँ”, उहाँले भन्नुभयो, “अनुदानबाट लिइएको भैँसी बेचेको पाइएमा अनुदान बापतको रकम फिर्ता गर्नुपर्ने हुन्छ भने भैँसी मरेमा पालिकालाई जानकारी गराउनुपर्ने हुन्छ ।”