Category: खैरहनी

  • भरतपुरको लंकु पुल वर्षाैंदेखि अलपत्र बनेपछि स्थानीयद्वारा बाँस तेर्साएर सडक अवरुद्ध

    भरतपुरको लंकु पुल वर्षाैंदेखि अलपत्र बनेपछि स्थानीयद्वारा बाँस तेर्साएर सडक अवरुद्ध

    चितवन, ३० चैत
    चितवनको भरतपुर ४ स्थित लंकु पुलमा पिच नबनेपछि स्थानीयले बाँस र फलाम तेर्साएर सडक अवरुद्द गरेका छन् । आज बिहान लामो समयसम्म पुलमा पिच नभएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।

    सम्बन्धित निकायलाई पटक पटक आह्वान गर्दा पनि सडक निर्माणमा ध्यान नदिएकाले विरोध स्वरुप सडक बन्द गरिएको स्थानीयहारुले बताएका छन् ।

    लंकु पुलमा पिच हुन नसक्दा सवारी दुर्घटना बढेको स्थानीय बताउँछन् । पुलमा पिच नगरेसम्म सडक अवरुद्द गर्ने चेतावनी स्थानीयहरुले दिएका छन् ।

    लंकु पुल ७ वर्षदेखी अलपत्र अवस्थामा छ । पुल पिच हुन नसक्दा स्थानियहरुले सास्ती खेप्नु परेको छ ।

    सडक अवरुद्ध हुँदा सवारी आवागमनमा समस्या देखिएको छ ।

    हेर्नुहोस् भिडियो :-

  • खैरहनीको सामुदायिन वनमा घाँस काट्न गएका एक पुरुष बेपत्ता

    खैरहनीको सामुदायिन वनमा घाँस काट्न गएका एक पुरुष बेपत्ता

    चितवन, २३ चैत
    पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका एक पुरुष बेपत्ता भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी–१३ राधास्वामी गुम्बा टोल बस्ने अन्दाजी ५५ वर्षीय भीमराज पौडेल बेपत्ता भएका हुन् ।

    बिहीवार दिउँसो २ बजेको समयमा पौडेल घरनजिकैको वनमा घाँसस्याउला काट्न जान्छु भनि घरबाट निस्किएका थिए । त्यसपछि पौडेल घर नफ़र्किएपछि उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

  • खैरहनीमा बेहोस अवस्थामा भेटिएका एक पुरुषको मृत्यु

    खैरहनीमा बेहोस अवस्थामा भेटिएका एक पुरुषको मृत्यु

    चितवन, २२ चैत
    चितवनको खैरहनी नगरपालिका वडा नं–११, हरियाली पार्कस्थित बेहोस अवस्थामा भेटिएका पुरुषको मृत्यु भएको छ ।

    खैरहनी–११ बस्ने ५० वर्षीय नरेन्द्र दराईको मृत्यु भएको हो । उनि आफ्नै कोठामा छटपटिएर लडिरहेको अवस्थामा फेला परेका हुन् ।

    दराईको श्रीमती मीरा दराईले उपचारको लागि भरतपुर अस्पताल पु¥याइएकोमा डाक्टरले मृत घोषणा गरेका छन् ।

  • खैरहनीको वर्कशपमा गाडी धुने क्रममा बेहोस भएका कामदारको मृत्यु

    खैरहनीको वर्कशपमा गाडी धुने क्रममा बेहोस भएका कामदारको मृत्यु

    चितवन, १७ चैत
    चितवनको खैरहनीको नगरपालिका वडा नं–१, साई चोकस्थित धादिङ भैरवी अटो वर्कशपमा गाडी धुने क्रममा बेहोस भएका कामदारको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा पश्चिम नवलपरासीको बर्दघाटस्थित कुकुरमारा घर भएका २५ वर्षीय लक्षु शर्मा रहेका छन् ।

    वर्कशपमा गाडी धुने क्रममा अचानक बेहोस भई लडेका शर्माको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

    प्रहरीले घटनाबारे मृतकका आफन्तलाई खबर गरेको जनाएको छ ।

  • पूर्वी चितवनमा हावाहुरीका कारण ठूलो क्षति

    पूर्वी चितवनमा हावाहुरीका कारण ठूलो क्षति

    चितवन, १५ चैत
    वर्षासँगै आएको हावाहुरीले ठुलो क्षति भएको छ ।

    पूर्वी चितवनको खैरहनीका खैरहनी ३, ९ र राप्तीका ८, ९, ३, ४, ६ लगायतका अधिकांश वडामा हावाहुरीले क्षति पुर्‍याएको हो ।

    हावाहुरीले घर, बिजुलीबत्ती र खेतीबालीमा क्षति पुर्‍याएको खैरहनी नगरपालिका ४ का वडाध्यक्ष वेदबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार ३० भन्दा बढी घरको छाना उडेको छ भने मकै र तरकारी खेतीमा ठुलो क्षति पुगेको छ ।

    क्षतिको विवरण आउन बाँकी रहेको वडाध्यक्ष अधिकारीले बताए ।

  • बेथिति बढेको भन्दै खैरहनी नगर प्रमुखलाई राजनीतिक दलहरुले बुझाए १० बुदेँ ज्ञापनपत्र

    बेथिति बढेको भन्दै खैरहनी नगर प्रमुखलाई राजनीतिक दलहरुले बुझाए १० बुदेँ ज्ञापनपत्र

    चितवन, चैत ४–

    खैरहनी नगरपालिकामा क्रियाशिल ४ वटा राजनीतिक दलले नगर प्रमुख शशीकुमार खनियालाई ज्ञापनपत्र बुझाएका छन् । खैरहनी नगरबासीहरुले हाल भोग्नु परिरहेको समस्याहरुको समाधान गर्न १० बुदे ज्ञापनपत्र प्रमुख खनियालाई बुझाएका हुन् ।

    उनिहरुले बुझाएको ज्ञापनपत्रमा प्रतिष्पर्धा बिना फोहोर व्यवस्थापनको ठेक्का लगाएको, अनाधिकृत संस्थाको नाममा घरघरमा नम्बर लगाएको ,नगरबासीलाई चर्को पर्नेगरी लादिएको जग्गा वर्गिकरण शुल्क, शीत भण्डार सञ्चालन गर्नेतर्फ उचित ध्यान नदिएको, लदरी खोलाको पुल निर्माणमा लापर्वाही भएको विषयलाई वेवास्ता गर्नु, दुग्ध, तरकारी, माछालगायतका कृषिजन्य बस्तुको उत्पादन, बजार व्यवस्थापन र जोखिम न्युनीकरणमा उचित ध्यान नदिएको उल्लेख छ ।

    नगरपालिका भित्रको विद्युत आपूर्तिको समस्या, गुणस्तरहिन विकास, निर्माण एवम् आयोजनाको सवालमा नगरबासीको प्रश्न तथा गुनासाहरु, शुद्ध पिउनेपानीको उपलब्धता र उचित व्यवस्थापन नभएको नगरवासीको गुनासो, ढुङ्गा गिटी बालुवालगायतका प्राकृक्तिक श्रोत साधनको अनाधिकृत दोहन भइरहेको र नागरिकले तिरेको करको दुरुपयोग गरी महच्चे र विलासी गाडी खरिद गरेको बिषय समेटिएको छ । दलहरुको तर्फबाट नेकपा एमाले खैरहनिका अध्यक्ष पुर्ण बहादुर डल्लाकोटिले नगर प्रमुख खनियालाई ज्ञापनपत्र बुझाएका थिए ।

    ज्ञापनपत्रमा एमाले अध्यक्ष डल्लकोटी,नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष रामेश्वर पोखरेल ,राष्ट्रिय स्वतन्त्र पार्टी, खैरहनी नगर समिति कार्यबहाक अध्यक्ष सकुन्तला अधिकारी र राप्रपाका देबराज कंडेल हस्ताक्षर छ । ज्ञापनपत्र बुझेपछि नगर प्रमुख खनियाले नगरपालिका विधि, कानुन अनुसार चलेको दावी गर्दै खवरदारी, सल्लाह आवश्यक पर्ने बताए ।

  • खैरहनीमा डिप टेलरले ठक्कर दिँदा एकजनाको मृत्य, फरार चालक पक्राउ

    खैरहनीमा डिप टेलरले ठक्कर दिँदा एकजनाको मृत्य, फरार चालक पक्राउ

    चितवन, ३ चैत
    चितवनको खैरहनी नगरपालिका-८ पुर्व पश्चिम राजमार्गको मगनिचोकस्थित होण्डासोरुम अगाडीको सडकमा डिप टेलरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

    हाल नाम, थर वतन नखुलेको अन्दाजी ३०/३५ को तराई मुलकको जस्तो देखिने पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    शुक्रबार बिहान बागमती प्रदेश ०३-००१ख २०४३ नम्बरको डिप टेलरले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ति पुरुषको भरतपुर सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

    ठक्कर दिएपछि फरार डिप टेलर र चालकलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा हेटौंडा १९ बस्ने ३२ वर्षीय नारायण सुनाम रहेका छन् ।

    डिप टेलरसहित चालकलाई राप्ती नगरपालिका वडा नं-१ लोथरबाट पक्राउ गरिएको हो ।

  • खैरहनीमा रोटी पकाउँदा गम्भीर घाइते भएकी ७० वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु

    खैरहनीमा रोटी पकाउँदा गम्भीर घाइते भएकी ७० वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु

    भरतपुर, १९ फागुन
    खैरहनीमा ७० वर्षीय एक वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नं-९ स्थित करैया बस्ने मंगरी महत्तो रहेकी छन् ।

    महत्तो आफ्नै घरमा रोटी पकाउने क्रममा आगोले पोलेर गम्भीर घाइते भएकी थिइन् ।

    नयाँ मेडिकल कलेज भरतपुरबाट थप उपचारको लागि काठमाडौँस्थित बर्न अस्पताल कीर्तिपुर लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • मगर दिवसका अवसरमा सोनीलाफा युवा क्लवद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

    मगर दिवसका अवसरमा सोनीलाफा युवा क्लवद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

    चितवन, फागुन १६ –
    मगर दिवसका अवसरमा सोनीलाफा युवा क्लव खैरहनी नगरपालिका– ४ लाफा टोल चितवनद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    बुधबार सम्पन्न रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका कार्यक्रम संयोजक विप्लव बरालले जानकारी दिए ।

    सोनीलाफा युवा क्लवले समयसमयमा विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ ।

  • स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा खैरहनी नगरपालिका पहिलो

    स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा खैरहनी नगरपालिका पहिलो

    चितवन, १६ फागुन
    स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)मा देशभरका पालिकामध्ये खैरहनी नगरपालिकाले उच्चतम अङ्क प्राप्त गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कनमा खैरहनीले ९९ अङ्क प्राप्त गरेर उच्चतम प्रदर्शन गर्ने स्थानीय तह भएको हो ।

    मूल्याङ्कनका विभिन्न विषय क्षेत्रका सूचकहरू पूरा गर्दै खैरहनीले उच्चतम अङ्क प्राप्त गर्न सफल भएको नगरप्रमुख शशि खनियाले जानकारी दिनुभयो । योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण, राजस्व व्यवस्थापनजस्ता मूल्याङ्कनका विषयक्षेत्रमा खैरहनीले उत्कष्ट अङ्क ल्याउन सफल भएको बताइएको छ । एक सय पूर्णाङ्कमा खैरहनी नगरपालिकाले ९९ अङ्क ल्याएको छ ।

    अघिल्ला वर्षहरूमा जिल्लाको प्रथम हुँदै आएकामा यस वर्ष देशको प्रथम हुन सफल भएको उहाँले बताउनुभयो । अनियमितता कम भएका कारण यस पालिका पहिलो भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सबै कुराको व्यवस्थापन गर्न कठिन छ । त्यसलाई व्यवस्थापन गर्दै अघि बढ्नसके र कानुनसम्मत चल्नसके सफल भइँदोरहेछ ।” राजनीतिक दल र जनताको भावना बुझेर काम गर्दा यो परिणाम प्राप्त गर्न सफल भएको उहाँको भनाइ छ ।

    स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनको सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गरी त्यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन गरिँदै आएको छ । -राष्ट्रिय समाचार समिति (रासस)