Category: खैरहनी

  • चितवनको खैरहनीमा आफैले चलाएको ट्याक्टरमा चेपिएर चालकको मृत्यु

    चितवनको खैरहनीमा आफैले चलाएको ट्याक्टरमा चेपिएर चालकको मृत्यु

    चितवन,जेठ २-
    खैरहनीमा आफैले चलाएको ट्याक्टरमा चेपिएर चालकको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर ४ स्थित कयर खोलामा ग्रावेल लोड गरेको ट्याक्टरमा चेपिएर चालकको मृत्यु भएको हो ।

    ना ६ त १०७९ नम्बरको ट्याक्टरमा चेपिएर ट्याक्टर चालक खैरहनी २ निवासी २० वर्षिय दिपक परियारको मृत्यु भएको छ । गम्भिर घाइते भएका परियारलाई उपचारको लागि चितवन मेडिकल कलेज पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    गाव्रेल लोड गरेर खोलाबाट निस्कने क्रममा ट्याक्टरको अगाडीको भाग उचालिएर चालक ढाला र ट्याक्टरको इन्जिनको भागको बिचमा चेपिएको प्रहरीले जनाएको छ ।

  • चितवनको रामपुर क्याम्पस खैरहनीमा नेविसंघले लगाएको ताला प्रहरीले फुटाल्यो

    चितवनको रामपुर क्याम्पस खैरहनीमा नेविसंघले लगाएको ताला प्रहरीले फुटाल्यो

    २५ वैशाख, चितवन
    चितवनको रामपुर क्याम्पस खैरहनीमा नेविसंघले विगत एक महिनादेखि लगाएको ताला प्रहरीले फुटालेको छ ।

    आज सोमबार दिउँसो ताला फुटालेर प्रशासनले क्याम्पस प्रशासनलाई सहयोग गरेको हो ।

    स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा क्याम्पस प्रशासनले मनपरी ढंगले निर्वाचन गराएको भन्दैं नेविसंघले चैत २३ गतेदेखि क्याम्पसमा तालावन्दी गरेको थियो ।

    क्याम्पसको मुल भवनमै तालाबन्दी हुँदा पठपाठन हुन नसकेको मात्र होइन परीक्षा समेत हुन सकेको थिएन । पाँचौ सेमेष्टरको परीक्षा चैत २६ बाट सुरु भएर सकिसकेको छ । यसैगरी सातौं सेमेष्टरको परीक्षा बैशाख ७ गतेबाट सुरु भएको छ । यी परीक्षा देशका अन्य आंगिक क्याम्पसमा धमाधम परीक्षा भइरहँदा रामपुर क्याम्पसमा भने नेविसंघले गरेको तालाबन्दीका कारण हुन सकेको थिएन ।

    त्यसपछि विद्यार्थीहरु जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्ना बसेपछि उनीहरुको माग संवोधन गर्दै सरकारले तालाबन्दी फुटालेर पठनपाठन सुचारु गराउन पहल गरेको छ ।

    ताला फुटाएपछि विद्यार्थीहरुको पठनपाठन र परीक्षाका कामहरु अगाडि बढाउने क्याम्पस प्रशासनले जनाएको छ ।

    यसअघि प्रकाशित समाचार :

    तालाबन्दी नखुल्दा चितवनको रामपुर क्याम्पसमा विद्यार्थीले दिन पाएनन् परीक्षा, विद्यार्थी आन्दोलित

  • प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोषलाई न्यौपानेले गरे १० हजार सहयोग

    प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोषलाई न्यौपानेले गरे १० हजार सहयोग

    १३, चैत, चितवन-

    प्रेस चौतारी चितवनका पूर्व अध्यक्ष कविकिरण न्यौपानेले जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषलाई नगद १० हजार आर्थिक सहयोग गरेका छन् ।

    हाल जापानमा रहनुभएका पूर्व अध्यक्ष न्यौपानेले प्रेस चौतारी चितवनका पूर्व अध्यक्ष एवम् पूर्व केन्द्रीय सदस्य हरिप्रसाद पोखरेललाई सो रकम हस्तान्तरण गरेका हुन् ।

    पत्रकारहरूको पेशागत हकहित, पत्रकारिता क्षेत्रको विकासमा टेवा पुर्‍याउन तथा संस्थागत उन्नयनमा कल्याणकारी कोषले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास पूर्व अध्यक्ष न्यौपानेले व्यक्त गरे ।जापानमा रहि सञ्चार क्षेत्रमा क्रियाशिल रहेका न्यौपाने नेपाल पत्रकार महासंघ, जापानका संस्थापक एवम् वर्तमान सल्लाहकार हुन्। उनी अभिमतपत्र डटकमका कार्यकारी सम्पादक हुन्। जापानबाट प्रकाशित एकमात्र नेपाली पत्रिका नेपाली समाचार तथा समुन्द्रपारि डटकमका न्यौपाने समाचार प्रमुख छन्।

    सञ्चारकर्मीहरुको कृयाशिल संस्था प्रेस चौतारी नेपाल , चितवनको पाँचौं पूर्ण बैठकले प्रेस चौतारी चितवनको भवन निर्माण समितिको सदस्य यसअघि नै चयन गरेको छ ।
    प्रेस चौतारी चितवनले निर्माण गर्न लागेको सामुदायिक भवनको लागि जापानबाट यथासक्दो सहयोग संकलन गरेर हस्तान्त्ररण गरिने न्यौपानेले बताए ।

    चौतारी चितवनका अध्यक्ष सुवास पण्डितका अनुसार पत्रकारिता पेसामा निरन्तर लागिरहेका पत्रकारहरूलाई असहज अवस्था सिर्जना हुँदा आर्थिक रूपमा सहयोग गर्ने, उत्कृष्ट कार्य गरे बापत पुरस्कार तथा सम्मान गर्ने र संगठनलाई चलायमान बनाउने मुख्य उद्देश्य राखेर उक्त कोष स्थापना गरिएको हो ।

    प्रेस चौतारी चितवनले पत्रकारलाई स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउन, संगठन सुदृढीकरण र पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न, पत्रकारहरू बिरामी वा दुर्घटनामा परी उपचार गर्नुपर्ने अवस्थामा आर्थिक सहयोग गर्न कोष स्थापना गरेको हो । साथै चौतारीमा आबद्ध कुनै सदस्यको मृत्यु भएमा कोषबाट आर्जित व्याज तथा अन्य सहयोगबाट २० हजार रुपैयाँ सहयोग गर्ने कल्याणकारी कोष कार्यविधिमा उल्लेख छ । कोषमा हालसम्म १ लाख २० हजार भन्दा बढि रकम संकलन भैसकेको छ ।

  • निमा स्‍मृति फुटबल : सुनिलको निर्णायक गोलमा चौधरी मोटर्स विजयी

    निमा स्‍मृति फुटबल : सुनिलको निर्णायक गोलमा चौधरी मोटर्स विजयी

    चितवन,माघ १० –

    चौधरी मोटर्स खैरहनीले चितवनको कालिका नगरपालिकामा जारी कमरेड निमा स्‍मृति खुला नक आउट फुटबलको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

    आज (मंगलबार) सम्पन्न प्रतिस्पर्धात्मक खेलमा यूनिक एफसीलाई पराजित गर्दै खैरहनी क्वाटरफाइनलमा प्रवेश गरेको हो । क्वाटरफाइनलमा स्थान बनाउन खैरहनीले यूनिकलाई १-० ले निराश बनायो ।

    खैरहनीलाई जिताउन सुनिल तामाङले गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६९ औं मिनेटमा सुनिलले गोल गरे । उक्त गोल नै खेलको निर्णायक गोल बन्यो । खैरहनीका अन्जन चौधरी म्यान अफ दि म्याच घोषित भए ।

    बुधबार पहिलो चरणको अन्तिम खेल हुनेछ । आयोजक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कालिका नगर समितिका अध्यक्ष सिद्धान्त मगरका अनुसार बुधबार चिसापानी एफसी र कठार एफसी भिड्नेछन् ।

    जनयुद्धमा सहादत प्राप्त गर्ने सहिदहरुको सम्झनामा प्रतियोगिता आयोजना भएको हो । १९ गतेसम्म हुने प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

  • राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. बिश्वनाथ पौडेलद्वारा खैरहनी महोत्सव अबलोकन

    राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. बिश्वनाथ पौडेलद्वारा खैरहनी महोत्सव अबलोकन

    चितवन। बागमती प्रादेशिक एवं दोस्रो खैरहनी महोत्सवको दोस्रो दिन रास्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर बिश्वनाथ पौडेलले बिहीबार महोत्सवको अबलोकन गरेका छन् ।

    गत चुनाबमा चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका पौडेल सहितको टोलिले महोत्सवको अबलोकन गर्दै यहाँको बस्तुस्थिति बारे जानकारी लिएका हुन । सो अवसरमा पौडेलले कृषि ,पर्यटन र उद्योगलाई प्राथमिकता दिएर स्टल राखिएकोमा खुसी प्रकट गरे ।

    योजना आयोग उपाध्यक्षसंगै खैरहनी नगर प्रमुख शशी कुमार खनियां,उपप्रमुख कविता उप्रेती ,वडा अध्यक्षहरुको सहभागी थिए । टोलीलाई नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश कोषाध्यक्ष गुणराज श्रेष्ठले महोत्सवका विशेषता तथा आकर्षणबारे जानकारी गराएका थिए ।

    महोत्सवको दोस्रो दिन चर्चित गायिका एलिना चौहानले उपस्थित दर्शकलाई आधा दर्जन गित मार्फत मनोरञ्जन दिलाएकी थिइन् । तेस्रो दिन शुक्रबार लोकदोहोरी गायक रविन लामिछाने र गायिका रितु कडेंलको प्रस्तुति रहने सांस्कृतिक समिति संयोजक अर्जुन लम्सालले जानकारी दिए ।

    बिहीवार करिब ५ हजार टिकट बिक्रि भएको आयोजक उद्योग बाणिज्य संघ खैरहनीका प्रथम उपाध्यक्ष कुमार खनालले जानकारी दिए । नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश र उद्योग बाणिज्य संघ खैरहनीको आयोजनामा संचालित महोत्सव माघ १५ गते सम्म चल्नेछ ।

  • दोश्रो खैरहनी महोत्सव शुरु, मुख्यमन्त्री जमरकट्टेलले गरे उद्घाटन

    दोश्रो खैरहनी महोत्सव शुरु, मुख्यमन्त्री जमरकट्टेलले गरे उद्घाटन

    चितवन ४ माघ –
    चितवनको खैरहनीमा बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सव सुरु भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश र उद्योग बाणिज्य संघ खैरहनीको सयुक्त आयोजनामा सुरु भएको महोत्सवको मुख्यमन्त्री शालिकराम जमरकट्टेलले उद्घाटन गरे ।

    सो अवसरमा वोल्दै मुख्यमन्त्री जमरकट्टेलले उद्योग व्यवसाय,कृषि क्षेत्रको विकासका लागि लगानीको मोडेल परिवर्तन गर्नु पर्नेमा जोड दिए । हामीले जुनसुकै पेशा,व्यवसाय पुरानै शैलीमा गर्दै आएका छौं,मुख्यमन्त्री जमरकट्टेलले भने – व्यवसायको विकासका लागि उत्पादन वढाउन जरुरी छ,त्यसका लागि तरिका,शैली परिवर्तन गर्नुपर्छ । आगामी वजेटमा युवा रोजगारी र कृषि क्षेत्रमा पर्याप्त वजेट विनियोजन गर्ने मुख्यमन्त्रीको भनाई थियो ।

  • सकियो खिचरा महोत्सव, सहरी विकास मन्त्री विक्रम पाण्डेले गरे समापन

    सकियो खिचरा महोत्सव, सहरी विकास मन्त्री विक्रम पाण्डेले गरे समापन

    चितवन। पूर्वी चितवनको खैरहनीमा शुरु भएको आठौं खिचरा महोत्सव आज सकिएको छ। एक हप्ता सञ्चालन भएको महोत्सवको समापन सहरी विकास मन्त्री विक्रम पाण्डेले गरे । कार्यक्रममा माडी, खैरहनी, राप्ती, कालिका र रत्ननगर नगरपालिका तथा भरतपुर महानगरपालिकाका प्रमुख तथा पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

    महोत्सवमा अवधिभर नै सांस्कृति पहिचान दिलाउने खालका मौलिक प्रस्तुतिलाई विशेष प्राथमिकतामा राखिएको थियो। महोत्सवलाई संगीतमय बनाउनका लागि विभिन्न विधाका कलाकारले प्रस्तुति दिएका थिए। साथै पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका थारुहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए। यस्तै गरी बाल प्रतिभालाई बाहिर ल्याउनका लागि चित्रकला प्रतिययोगिता र विद्यालयस्तरीय खिचरा डान्स आइडलसमेत आयोजना गरिएको थियो। त्यसबाहेक भलिबल, तेक्वान्दो, पेहनी होडलगायतका खेलकुदसमेत प्रतियोगितात्मकरूपमा आयोजना गरिएको थियो।

    कृषि प्रदर्शनीसमेत राखिएको महोत्सवमा पहिलो दिनदेखि नै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । महोत्सवमा कृषि प्रदर्शनी, स्थानीय थारु खानाका परिकार व्यापार/व्यवसायलगायत गरी करिब १५० स्टल राखिएको थियो। महोत्सवमा थारु मिनी संग्रहालय, बाल उद्यान, कलाकारको प्रस्तुतिलगायत मुख्य आकर्षणको रूपमा रहे। व्यापार, कृषि, पर्यटन, थारु कला कला, संस्कृति र थारु खानाको सम्बद्धर्न गर्ने उद्देश्यसहित थारु कल्याणकारी सभा क्षेत्र नं.७ ले प्रत्येक वर्ष खिचरा महोत्सव आयोजना गर्दै आएको छ।

  • चितवनमा हुने खैरहनी महोत्सवमा एक करोड २० लाखको लगानीबाट ७० करोडको कारोबार हुने अपेक्षा

    चितवनमा हुने खैरहनी महोत्सवमा एक करोड २० लाखको लगानीबाट ७० करोडको कारोबार हुने अपेक्षा

    चितवन ,पुस ७ –
    खैरहनी नगरपालिका–२ स्थित लदरी खोला किनारमा ‘बागमती प्रादेशिक एवम् दोस्रो खैरहनी महोत्सव २०७९’ हुने भएको छ । माघ ४ देखि माघ १५ गतेसम्म हुने उक्त महोत्सव नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र उद्योग वाणिज्य संघ खैरहनीको संयुक्त प्रयासमा आयोजना हुन लागेको हो ।

    उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठका अनुसार महोत्सवमा उद्योग, व्यापार, कृषि, सूचना प्रविधि, पर्यटन, अटो, होटल, शैक्षिक संस्था, सरकारी, गैरसरकारी संघसंस्था, महिला उद्यमीका उत्पादन तथा सेवाहरुका गरि ३५० वटा स्टल रहनेछन् ।

    करिब एक करोड २० लाखको लगानीमा सञ्चालन हुन लागेको उक्त महोत्सवको कारोबार करिब ७० करोड हुने अनुमान गरिएको श्रेष्ठले जानकारी दिए । महोत्सव अवधिभर करिव ३ लाख अवलोकनकर्ताले अवलोकन गर्ने उद्योग वाणिज्य संघको अनुमान छ ।

    महोत्सवको मूख्य आर्कषणको रुपमा भने कृषि रहने श्रेष्ठले जानकारी दिए । ‘हामीले १३ वटा जिल्लाका उत्पादनहरु खैरहनी महोत्सवमा पाउँछौ,’ उनले भने, ‘सिन्धुलीको जुनार, सिन्धुपाल्चोकको किवी जस्तै हरेक क्षेत्रको व्यवसायिक उत्पादनलाई ल्याएर टेवा पुर्याउँछौ ।’ दुग्धविकास संस्थानले उत्पादन गरेका मिठाईहरु पनि स्टलमा प्रमुख आर्कषणको रुपमा रहने उनले बताए ।

    महोत्सवमा युवाहरुको लागि सेल्फी जोन, अम्ब्रेला स्ट्रिटदेखि बालबालिकालाई मनोरञ्जनको लागि बालउद्यानको समेत व्यवस्था गरिने श्रेष्ठले बताए ।

    त्यस्तै महोत्सवमा उत्पादित बस्तुहरुको बजार प्रवद्र्धन र गुणात्मक प्रतिष्पर्धाको विकास गर्ने, उद्योगीहरुबीच समस्या, अवसर र चुनौतिबारे अन्तरक्रिया गर्ने, कृषकहरुलाई कृषि उपजको विषयमा जानकारी प्रदान गर्ने, देशमै रोजगारीको अवसर र सम्भावनाको विषयमा सूचित गराउने र विद्यार्थीहरुबीच प्रतियोगितात्मक कार्यक्रम गरी प्रतिभा प्रष्फुटन गराउने महोत्सवको मूख्य उद्धेश्य रहेको श्रेष्ठको भनाई छ ।

    आम्दानीको मूख्यस्रोत टिकट, ब्यानर, विज्ञापन, स्टल, प्रायोजक, सहप्रायोजक र कृषि, पर्यटन, संस्कृति मन्त्रालय लगायतका विभिन्न क्षेत्र मानिएको छ । स्टलको शुल्क भने ९ देखि ३० हजार सम्ममा वर्गिकरण गरिएको छ ।

    खैरहनी उद्योग वाणिज्य संघको सदस्यलाई स्टल शुल्कमा १० प्रतिशत र अन्य उद्योग वाणिज्य संघमा आवद्ध सदस्यलाई भने पाँच प्रतिशत छुट गरिने श्रेष्ठले बताए । महोत्सवको प्रवेश शुल्क ५० रुपैयाँ रहेको छ । विद्यार्थीको हकमा ३० रुपैयाँ र जेष्ठ नागरिकलाई भने निःशुल्क प्रवेश गर्न दिइने उनको भनाई छ ।

  • पिपरा बचतको सधारण सभा सम्पन्न : किसानलाई प्रोत्साहन

    पिपरा बचतको सधारण सभा सम्पन्न : किसानलाई प्रोत्साहन

    चितवन । खैरहनी नगरपालिका वडा नम्वर ८ मा रहेको पिपरा कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न साधारण सभा संस्थाको अध्यक्ष बासुदेव कंडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    खैरहनी नगरलिका वडा नम्वर ९ का वडा अध्यक्ष बन्धुराम महतो प्रमुख अतिथि रहनुभएको कार्यक्रममा वडा सदस्य नारायण भण्डारी, उतराखण्ड सहकारी संस्थाका अध्यक्ष टिकादत्त अधिकारी, सिमल टाँडी सहकारी संस्थाका प्रमुख दिनेश ढुगांना, पिपरा टोल विकास संस्थाका सचिव कमल अधिकारी, बछौली टोल विकास संस्थाका अध्यक्ष वुद्धीराम चौधरी, पुन समाज नेपालका अध्यक्ष डिल वहादुर पुनमगर, सिद्धिविनायक मन्दिर पिपराका अध्यक्ष यमप्रसाद उप्रेती, पूर्व व्यवस्थापक तथा समाजसेवी विमल रेग्मी, लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ लगायतको सहभागिता रहेको थियो ।

    संस्थाका सदस्य मुकुन्द चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा सहकारीका असल ऋणी, असल वचतकर्तालाई सम्मान गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि खैरहनी नगरलिका वडा नम्वर ९ का वडा अध्यक्ष बन्धुराम महतोले सहकारीको प्रवद्र्धनमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । सहकारीले सहकारीको मर्म अनुसार काम गर्नुपर्ने बताउदै उहाँले आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।

    कार्यक्रममा संस्थाका अध्यक्ष बासुदेव कंडेलले २०७६ सालमा स्थापना भएको सहकारीले शेयर सदस्यहरु र वचतकर्ताहरुको मन जितेको बताउदै आगामी दिनमा सहकारीको मर्म अनुसार काम गर्दै जाने बताउनुभयो । कृषकको साथीको रुपमा कृषि क्षेत्रको प्रर्वद्धनमा सहयोग गर्दै जाने उहाँले बताउनुभयो ।

    साधारण सभामा संस्थाका कोषाध्यका प्रकाश सापकोटाले बार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश गरिएको थियो । आगामी आर्थिक बर्षको लागि अनुमानित वजेट तथा कार्यक्रमका बिषयमा छलफल भएको थियो ।

  • चितवनमा पुरानो पर्सा बजारबाट भन्सार छली ल्याइएको ४२० बोरा चिनी बरामत

    चितवनमा पुरानो पर्सा बजारबाट भन्सार छली ल्याइएको ४२० बोरा चिनी बरामत

    चितवन, साउन ९-
    पूर्बी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ६ स्थित पुरानो पर्साबजारबाट भन्सार छली ल्याइएको ४२० वोरा चिनी बरामत गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार ५० किलोका ती बोरा पराजुली खाध्य उद्योग अगाडी रोकी राखेको लु २ ख १०३२ नम्बरको ट्रकबाट बरामत गरिएको हो ।

    १८ लाख ६९ हजार रुपैयाँ बराबरको चिनी बरामत गरिएको प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिनुभयो ।

    चिनीसहितको ट्रक र त्यसका चालकलाई आबश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा पठाईएको उहाँले जानकारी दिनुभयो ।