Category: Banner तल ताजा समाचार

  • डा. शशांकको निर्वाचन खर्च : पहिलोमा ८० हजार, दोस्रोमा तीन करोड र तेस्रोमा ६ करोड

    डा. शशांकको निर्वाचन खर्च : पहिलोमा ८० हजार, दोस्रोमा तीन करोड र तेस्रोमा ६ करोड

    काठमाडौं, २६ चैत-

    नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले निर्वाचन खर्च महंगो हुँदै गएको बताएका छन् । खर्चकै कारण निर्वाचन लड्न नसकिने स्थिति आएको उनको भनाइ छ ।

    नवलपरासीबाट तीन पटक निर्वाचन लड्दा खर्च अधिक भएको महसुस गरेको उनले बताए । ‘तीन पटक निर्वाचन लडें । पहिलो पटक ८० हजार खर्च भयो । दोस्रो पटक तीन करोड खर्च भयो र तेस्रो पटक ६ करोड खर्च भयो,’ नेपाल विद्यार्थी संघ इलाम काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै कोइरालाले भने ।

    उनले विद्यार्थीलाई राजनीतिभन्दा पनि अध्ययनमा जोड दिन आग्रह गरे । देश बनाउने युवा विद्यार्थीहरू भन्दै अध्ययन सकेर राजनीतिमा आउनुपर्नेमा जोड दिए ।- न्युज कारखाना

     

  • नेपालमा शिक्षक तथा विद्यार्थीले बनाए बाटो छेके छलेर हिड्ने रोबोट

    नेपालमा शिक्षक तथा विद्यार्थीले बनाए बाटो छेके छलेर हिड्ने रोबोट

    काठमाडौं, २६ चैत-

    नेपाल इन्जिनियरिङ कलेज (नेक)का शिक्षक तथा विद्यार्थीले एआईवेस डेलिभरी रोबोट तयार पारेका छन् । यो रोबोट बनाउन नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट)ले लगानी गरेको हो ।

    रोबोट बनाउन शिक्षकबाट डिपार्टमेन्ट अफ इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनका सहप्राध्यापक सचिन श्रेष्ठ र सहप्राध्यापक रुपेश दही श्रेष्ठ, डिपार्टमेन्ट अफ कप्युटर साइन्स एण्ड इन्जिनियरिंगका सहप्राध्यापक दिनेश डंगोल तथा डिपार्टमेन्ट अफ इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल इन्जिनियरिगका उपप्राध्यापक अभिनाश खत्री केसी मुख्य टिम मेम्बरका रुपमा संग्लग थिए । यस्तै, विद्यार्थीबाट राजु श्रेष्ठ, सरोज चौधरी, कुमार श्रेष्ठ र उत्सव खड्का सम्लग्न थिए ।

    रोबोटलाई अटोमेटिक तथा म्यानुअल मोडमा काम गराउन सकिने छ । म्यानुअल मोडमा काम गराउन एउटा छुट्टै मोबाइल एप पनि बनाइको छ । मोबाइल एपको मद्दतले यसलाई वायरलेस्ली कन्ट्रोल गर्न सकिन्छ । यसलाई आफुले चाहेको ठाउँसम्म अगाडि पछाडि गराएर सकिने छ ।

    अटोमेटिक मोडमा भने यो आफै गन्तव्यमा पुग्छ । यसको लागि उक्त क्षेत्रमा रहेको सीसीटीभी मुख्य कन्ट्रोल युनिट र रोबोटबीच वायरलेस नेटवर्क रहेको छ । मुख्य कन्ट्रोल युनिट नर्स स्टेशनमा रखिएको हुन्छ । त्यससँगै त्यहाँ डेस्कटप एप पनि हुन्छ ।

    नर्स स्टेसनमा रहने कम्प्युटरमा रोबोटसँगै आबद्ध डेस्कटप एपको मध्यमवाट नर्सले रोबोट पुग्नुपर्ने ठाउँहरू इंकित गर्न सक्नेछन् । एकचोटी यसरी ठाउँहरू निश्चित भएपश्चात रोबोट आफै त्यो ठाउँमा पुग्नेछ र नयाँ गन्तब्य इंकित नगरेसम्म उक्त ठाउाँ नै घुमिरहन्छ । यसरी आफ्नो गन्तव्य पुग्ने क्रममा रोबोटले अगाडि कुनै बाटो छेकिने वस्तुहरु भेटे त्यसलाई छलेर जाने छ ।

    साथै अगाडि कुनै मान्छे भेटेमा रोबोटले बाटो छोड्न स्पीकरमार्फत अनुरोध पनि गर्छ । ‘रोबोटमै रहेको क्यामेराले आफू वरपर रहेको वातावरणलाई निरीक्षण गर्छ र एआई टेकनोलोजी मार्फतवाट अगाडि मान्छे आए थाहा पाउँछ,’ टोलीमा संलग्न नेकका सहप्राध्यापक रुपेश दही श्रेष्ठले भने ।

    यसरी रोबोट बनाउँदा मुख्य सदस्यहरूबाहेक कलेजमा कार्यरत सुमन प्रजापति, ज्ञानभक्त महर्जन, सुशील श्रेष्ठलगायतकाको पनि उलेख्य भूमिका रहेको सहप्राध्यापक सचिन श्रेष्ठले बताए । एआई टेक्नोलोजीको प्रयोग भएकोले यसमा आवश्यकता अनुसार थुप्रै फिचर्स पनि सजिलै थप्न सकिने छ ।- न्युज कारखाना

  • गर्भनर निलम्बन कटुवाल प्रकरणपछि अर्को गम्भीर भुल : एमाले महासचिव

    गर्भनर निलम्बन कटुवाल प्रकरणपछि अर्को गम्भीर भुल : एमाले महासचिव

    काठमाडौं, २६ चैत-

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयलाई पूर्व प्रधानसेनापति रुक्माङगत कटुवाल प्रकरणसँग जोडेका छन् ।

    तत्कालिन प्रधानसेनापति कटुवाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले निलम्बन गर्न खोजेपछि सरकारवाट बाहिरिनु परेको घटनालाई स्मरण गराउँदै महासचिव पोखरेलले सो टिप्पणी गरेका हुन् ।

    ‘कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल हो यो गभर्नरको निलम्वन,’ पोखरेलका छोटो प्रतिक्रिया छ, ‘अर्थिक संकटको कारक अर्थमन्त्री र मुकदर्शक बनेका प्रम आफै हुन् ।’ गर्भनर अधिकारीलाई बिहीबारको मन्त्रीपरिषद् बैठकले नै निलम्बन गरे पनि सरकारले सनिवारमात्रै सार्वजनिक गरेको हो ।- न्युज कारखाना

  • रामनवमीका अवसरमा आइतबार सार्वजनिक बिदा

    रामनवमीका अवसरमा आइतबार सार्वजनिक बिदा

    काठमाडौं, २६ चैत-

    रामनवमीका अवसमा सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयद्वारा सनिवार जारी विज्ञप्तिअनुसार २७ चैत रामनवमीका अवसरमा आइतबार नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा हुनेछ ।

    रामनवमीका अवसरमा विदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले गरेको जरी विज्ञप्तिमा उल्लेख छ ।- न्युज कारखाना

  • निर्वाचन आचारसंहिता लागु भयो, स्थानीय तहको म्यादको पेशी २ बैशाखमा

    निर्वाचन आचारसंहिता लागु भयो, स्थानीय तहको म्यादको पेशी २ बैशाखमा

    काठमाडौं, २६ चैत-

    आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरिसकेको भएपछि सर्वोच्च अदालतले भने अझै निर्णय दिन सकेको छैन । भंगाहा, महोत्तरीका मेयर मेयर सन्जिवकुमार सिंहले स्थाथनीय तहका प्रतिनिधिले पाँच बर्षसम्म कार्यकाल बिताउन पाउनु पर्ने भन्दै दायर रिटमा अदालतले अझै फैसाला दिएको छैन ।

    उनले पुरै पाँच बर्ष कार्यकाल बिताउन नपाएको भन्दै दिएको रिटको पेशी २ बैशाखमा तोकिएको छ । सो रिटमा अन्तरिम आदेश नदिए पछि २ वैशाखमा निर्वाचन आयोगलगायत दुवै पक्षलाई सर्वोच्च अदालतमा हाजिर हुन बोलाएको छ । जुन रिटका कारण स्थानीय तहको निर्वाचन ३० बैैशाखमा नहुने हो कि भन्ने आशंका ब्याप्त रहेको छ ।- न्युज कारखाना

     

  • अस्ट्रेलियाले युक्रेनमा पठायो सशस्त्र सैन्य ट्रकहरु

    अस्ट्रेलियाले युक्रेनमा पठायो सशस्त्र सैन्य ट्रकहरु

    सिड्नी, २६ चैत-

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अनुरोधमा अस्ट्रेलियाले युक्रेनमा सशस्त्र सैन्य ट्रकहरु पठाएको छ । रुसी हमलाविरुद्ध सशक्त प्रतिकार गर्न युक्रेनलाई २० ओटा सैन्य ट्रक पठाउने प्रतिबद्धता अनुसार अस्ट्रेलियाले तीन ओटा ट्रकहरु पठाएको हो ।

    अस्ट्रेलियालले पठाएका शक्तिशाली बुसमास्टर युद्धग्रस्त क्षेत्रमा सेना र सर्वसाधारण पठाउन परियोग गरिनेछ । तर, तिनिहरुलाई आक्रमक हमलाका लागि भने प्रयोग गरिने छैन् ।

    जेलेन्स्कीले गत साता अस्ट्रेलियाको संसद्लाइ भिडियो सम्बोधन गरेका थिए । युक्रेनलाई गरेको निरन्तर सहयोगप्रति जेलेन्स्कीले अस्ट्रेलियालाई धन्यबाद दिएका थिए । रुसी हमला सामना गरिरहेको युक्रेनले विभिन्न देशहरुसँग सैन्य सहयोग मागेका छन् । उनले विभिन्न देशका संसद्लाई भर्चुअल माध्यममार्फत् सम्बोधन गर्दै आएका छन् ।

    अस्ट्रेलियाले युक्रेनलाई सैन्य तथा मानवीय सहायता स्वरुप १९० मिलियन अस्ट्रेलियाली डल प्रदान गरेको छ ।- एजेन्सी

  • बाघले बेपत्ता बनाएकाको शव भेटियो

    चितवन, २६ चैत-
    बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो । उनको शव जितपुरघाटमा भेटिएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण थियो । बाघले आक्रमण गरेर लगेपछि धमलाको खोजीका कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । शव ११ः२० बजे भेटिएको हो । -रासस

     

  • अमेरिकामा विद्यालय बाहिर गोली चल्दा एकको मृत्यु, १२ घाइते

    अमेरिकामा विद्यालय बाहिर गोली चल्दा एकको मृत्यु, १२ घाइते

    न्युयोर्क, २६ चैत –
    अमेरिकाको न्युयोर्कमा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा एक जनाको मृत्यु भएको छ ।

    घटनामा परी अरु दुई जना घाइते समेत भएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

    न्युयोर्कमा रहेको साउथ ब्रोन्क्स विद्यालय बाहिर स्थानीय समय अनुसार राती १.४५ मा घटना भएको हो ।

    घटनामा परी १६ बर्षिया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई छातीमा गोली लागेको थियो ।

    त्यसैगरी अरु दुई जनालाई पनि गोली लागेर घाइते भएको न्युयोर्कको प्रहरीले जनाएको छ ।(रासस÷एएनआई)

  • एक हजार नाविक युक्रेनी बन्दरगाहमा फसेः राष्ट्रसंघ

    एक हजार नाविक युक्रेनी बन्दरगाहमा फसेः राष्ट्रसंघ

    न्युयोर्क, २६ चैत

    युक्रेनमाथि रुसले अतिक्रमण सुरु गरेपछि करिब एक हजार नाविकहरू बिचल्लीमा परेका छन् । युक्रेनी बन्दरगाह र पानीमा फसेका व्यापारिक जहाजहरूमा रहेका करिब एक हजार नाविकहरूलाई मद्दत र सुरक्षा गर्न संयुक्त राष्ट्र संघका दुई एजेन्सीहरूले आह्वान गरेका छन् ।

    फसेकामध्ये १०० भन्दा बढी व्यापारिक जहाजहरूले युक्रेनी बन्दरगाह छोड्न नसकेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का प्रमुखहरूले बताएका छन् ।

    उनीहरूले शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त, रेडक्रसको अन्तर्राष्ट्रिय समिति र डाक्टर्स विदाउट बोडर्ससलाई जहाजहरू आपूर्ति गर्न मद्दत गर्न ‘तत्काल कदम चाल्न’ आग्रह गर्दै पत्र पठाएका छन् । एजेन्सी

  • भूमि आयोग बैतडीका सदस्यहरुद्वारा पदभार ग्रहण

    भूमि आयोग बैतडीका सदस्यहरुद्वारा पदभार ग्रहण

    बैतडी, २६ चैत-
    राष्ट्रिय भूमि आयोग बैतडीले पुर्णता पाएको छ । यसअघि नेपाल सरकार मन्त्रीपरिषद्ले आयोगको बैतडी जिल्ला अध्यक्षमा धर्मसिंह ऐर (कपील) लाई नियुक्त गरेकोमा सदस्यहरु थप गरेर आयोगलाई पूर्णत दिइएको छ ।

    आयोगको विज्ञ सदस्यमा हरिष बिष्ट, सदस्यहरुमा धनबहादुर बोहरा र पार्वती बम चयन भएसँगै उनिहरुले पदभार ग्रहण गरेका छन् । आयोगका अध्यक्ष ऐरले आफू नेतृत्वको आयोगले सुकुम्बासीहरुलाई जग्गाको लालपुर्जा उपलब्ध गराउने बताए ।- न्युज कारखाना