Category: Banner तल ताजा समाचार

  • दोहोरी साँझ जाँदा २० रुपैयाँ, क्यासिनो छिर्दा ५० रुपैयाँ कर बुझाउनु पर्ने

    दोहोरी साँझ जाँदा २० रुपैयाँ, क्यासिनो छिर्दा ५० रुपैयाँ कर बुझाउनु पर्ने

    काठमाडौं, २७ चैत-
    काठमाडौं महानगरपालिकाले मनोरञ्जन करअन्तर्गत चलचित्र, दोहोरी साँझदेखि क्यासिनो जानेलाई अलगअलग करको दर कायम गरेको छ । काठमाडौं महानगरपालिका राजश्व विभागका अनुसार दोहोरी साँझ जानेलाई २० रुपैयाँ र क्यासिनो छिर्नेलाई ५० रुपैयाँ ब्यक्तिगत कर बुझाउन निर्देशन दिएको हो ।

    विभागका अनुसार भिडियो घर, कन्सर्ट, दोहोरी साँझ, डान्सबार तथा नाइट क्लब प्रवेश गर्ने ग्राहकवाट प्रति ब्यक्ति २० रुपैँया र क्यासिनो प्रवेश गर्ने ग्राहकवाट प्रति ब्यक्ति ५० रुपैयाँ कर उठाउन निर्देशन दिएको हो ।

    यसैगरी, चलचित्र घरमा चलचित्र प्रदर्शन गर्दा दर्शकहरुवाट प्रति टिकट ५ प्रतिशत र सांस्कृतिक प्रदर्शन हल, नाटकघर, फन पार्क, वाटर गार्डेन, बाल उद्यान, फुटसल, जुम्बा, मसाज एन्ड एस्पा, स्विमिङ पुल र पार्क प्रवेश गर्दा एकमुष्ठ प्रति टिकट ५ प्रतिशत बुझाउन पनि राजश्व बिभागले निर्देशन दिएको छ ।

    बाग्मती प्रदेशको आर्थिक ऐन–२०७८ को अनुसूची ३ ले तोकेअनुसार उक्त दररेट कायम गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।न्युज कारखाना

  • को बन्ला इमरान खानको उत्तराधिकारी ?

    को बन्ला इमरान खानको उत्तराधिकारी ?

    इस्लामावाद, २७ चैत-

    विपक्षी दलका नेता शहबाज शरीफलाई पाकिस्तानको भावी प्रधानमन्त्रीका रुपमा हेरिएको छ । उनलाई पाकिस्तान बाहिर थोरैले चिनिन्छन् । तर, प्रभावकारी प्रशासकको रूपमा देभभित्र उनको उच्च प्रतिष्ठा छ ।

    पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बनेका नवाज सरिफका कान्छा भाई शहबाज इमरान खान नेतृत्वको सरकार ढाल्न विपक्षीहरूले गरेको प्रयत्नको नेतृत्व गरेका थिए । शनिबार राति संसदमा खानबिरुद्ध अविश्वसको प्रस्ताव पारित भएको थियो ।

    शेहबाजको पाकिस्तानको सेनासँग राम्रो सम्बन्ध रहेको बताइन्छ । २२ करोड जनसंख्या भएको पाकिस्तानमा सेनाले विदेश र रक्षा नीतिमा हस्तक्षेप गर्ने बताइन्छ ।

    पन्जाब प्रान्तको मुख्यमन्त्री हुँदा शेहबाजले कुशल ढंगले आफ्नो भूमिका निभाएका थिए । चीनले सहयोग गरेका परियोजना सम्पन्न गर्न उनी बेइजिङसँग निकट भएर कार्य गरेका थिए ।

    गत साता एक अन्तवार्तामा उनले अमेरिकासँगको राम्रो सम्बन्धमा जोड दिएका थिए । इमरान खानले भने अमेरिकाको विरोध गर्दै आएका थिए । आफ्नो सत्ता ढाल्न विदेशी चलखेल भएको उनले दाबी गर्र्दै आएका छन् ।

    सन् १९९९ मा पाकिस्तानमा भएको सैनिक विद्रोहपछि शहबाजलाई जेलमा राखेर साउदी अरब निर्वासन गरिएको थियो । उनी सन् २००७ मा स्वदेश फर्किएका थिए ।

    आर्थिक हिनामिनाको अभियोगमा नवाज शरीफ सन् २०१७ मा दोषी ठहर भएपछि शहबाज पाकिस्तान मुस्लिम लीग–नवाज पार्टीको प्रमुख बनेका थिए । एजेन्सी

     

     

     

  • तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा बृद्धाको मृत्यु

    तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा बृद्धाको मृत्यु

    काठमाडौं, २७ चैत-

    तनँहुको व्यास नगरपालिका–१ मा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार एक बृद्धाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा तनँहुको ऋषिङ गाउँपालिका–४ भिरकोटकी ७५ बर्षीया पार्वती रानाभाट रहेकी छिन् ।

    हाईस्कुलटारबाट दमौली तर्फ आउँदै गरेको ग १४ प ६५७ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टीदा पछाडी सवार उनी घाइते भएकी थिइन् ।

    उपचारको लागि जिल्ला अस्पताल दममौलीमा पु¥याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो । न्युज कारखाना

  • बेलायती प्रधानमन्त्रीले भने:अर्को लकडाउन नहोला भन्न सकिन्न

    बेलायती प्रधानमन्त्रीले भने:अर्को लकडाउन नहोला भन्न सकिन्न

    २७ चैत-

    लन्डन–बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नयाँ कोभिड भेरियन्ट र उप–भ्यरियन्टहरू देखा परे अर्को लकडाउनको संकेत गरेका छन् । जोनसनले अर्को कडा लकडाउनको सम्भावना भने अस्वीकार गरे । तर बच्चाहरूलाई नयाँ भेरियन्ट अफ कन्र्सन देखा परेमा आफू कुनै पनि कदम चाल्न तयार रहेको उनले बताए ।

    शुक्रबार एक अन्तर्वार्तामा उनले भने, ‘म यस्तो कुनै पनि घटना फेरि नहोस् भनेर जोगिन चाहन्छु । म कुनै कुरालाई इन्कार गर्न सक्दिन । म केही नहोला भन्न सक्दिन । ’ बेलायतका केही भागहरूमा संक्रमणको संख्यामा ठूलो गिरावट आएको छ । तर नयाँ भेरियन्टका कारण संक्रमण फैलन सक्ने त्रास बढेको छ ।एजेन्सी

     

  • कोभिडका कारण दुई वर्षपछि लाग्यो हलेसीमा रामनवमी मेला

    कोभिडका कारण दुई वर्षपछि लाग्यो हलेसीमा रामनवमी मेला

    खोटाङ, २७ चैत-
    रामनवमीको अवसरमा खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा दर्शनार्थीको घुइँचो लागेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा रामनवमीको अवसरमा आइतबार बिहानदेखि दर्शनार्थीको बाक्लो भिड लागेको हो । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा कोभिड–१९ को महामारीका कारण दुई वर्षपछि रामनवमी मेला लागेको हो ।

    कोभिड–१९ को महामारीका कारण हलेसीमा २०७६ र २०७७ सालमा रामनवमी मेला रोकिएको थियो । बिहान झिसमिसदेखि हलेसीमा महादेवस्थानमा दर्शन गर्ने र पूजापाठ गर्ने दर्शनार्थीको बाक्लो भिड लागेको छ ।

    मध्यपहाडी लोकमार्गले छोएको हलेसीमा मेला भर्न र दर्शन गर्न स्वदेश तथा विदेशबाट दर्शनार्थी आउने गरेका छन् । पछिल्लो समय सडकको सहज पहुँचका कारण दर्शनार्थी रिजर्भ गाडीमा आउने र दर्शन गरेलगत्तै फर्कने गरेका कारण हलेसीमा भिडभाड भने तुलनात्मक रुपमा कम देखिन थालेको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए ।

    ‘पहिला सडक बनेको थिएन । दर्शनार्थी पैदल हिँडेर हलेसी आउन पर्थ्याे, खाना बनाएर खान पर्थ्याे, बिश्राम गर्न पर्थ्याे, अहिले गाडीमा आएर दर्शन गरेर फर्किने गरेका छन्,’ प्रमुख राईले भने, ‘त्यही कारण हलेसीमा पहिलाको तुलनामा दर्शनार्थीको चाप कम देखिन्छ । दर्शनार्थी आइरहनु भएको छ । तर, दर्शन गरेर फर्किहाल्ने गरेका कारण भिडभाड कम देखिन्छ । दर्शनार्थी आउने क्रम घटेको होइन ।’

    हलेसीमा रामनवमीको अघि र पछि गरी हप्ता दिनसम्म मेला लाग्ने गरेको छ । हलेसीमा दर्शन गर्न र मेला भर्न आएका दर्शनार्थीका कारण त्रिपालले ढाकिएका अस्थायी टहरामा राखिएका पशल तथा होटल भरिभराउ भएका छन् । जिल्ला तथा जिल्ला बाहिरका व्यापारी आउने भएकाले हलेसीमा लाग्ने मेला आर्थिक विनिमयको केन्द्रका रूपमा स्थापित छ ।

    रामनवमीको अवशरमा मेला भर्न तथा दर्शन गर्न नेपालबाहेक, सिक्किम, दार्जिलीङ, बिहार, नयाँदिल्ली, चीन, तिब्बत, भुटानलगायतका देशबाट दर्शनार्थीहरू हलेसी आउने गरेका छन् । भिडका कारण हलेसीका साना तथा ठूला होटल व्यस्त छन् ।

    हलेसी पुग्ने सहज बाटो बनेपछि काठमाण्डौ, बिराटनटर, धरान, जनकपुर, पोखरालगायतका दर्शनार्थीहरु गाडी रिजर्भ गरेर हलेसीमा आउने जानेक्रम बाक्लिएको छ । हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने र महादेव गुफा, बसासा गुफा, मञ्जुश्री गुफा, गर्दुम गुफा, भैरव गुफा, दुंदेलो गुफा, धर्मद्वार, पापद्वार लगायतका प्राकृतिक स्थान अवलोकन गर्न पर्यटक तथा दर्शनार्थीहरू हलेसी आउने गरेका छन् । न्युज कारखाना

     

  • च्याउले पनि एक अर्कामा कुराकानी गर्न सक्ने वैज्ञानिकको अनौठो खुलासा

    च्याउले पनि एक अर्कामा कुराकानी गर्न सक्ने वैज्ञानिकको अनौठो खुलासा

    एजेन्सी, चैत २५ –
    बेलायती वैज्ञानिकहरूले एउटा अनौठो तथ्य पत्ता लगाएका छन् । युनिभर्सिटी अफ द वेस्ट अफ इंगल्याण्डका वैज्ञानिकहरूले गरेको एक अनुसन्धानबाट च्याउनले समेत एक अर्कामा कुराकानी गर्न सक्ने तथ्य पत्ता लागेको हो ।

    यतिमात्र होइन च्याउसँग ५० वटा शब्दको शब्दकोष पनि हुने दाबी वैज्ञानिकहरूको छ ।

    वास्तवमा यस्तो कुरा पत्याउनै गाह्रो लाग्दा र तर प्राध्यापक एन्ड्रयू एडमाट्ज्कीले विभिन्न ४ वटा च्याउका प्रजातिमा गरेको अनुसन्धानबाट यो पुष्टि भएको हो ।

    उनले च्याउका ४ प्रजातिको विद्युतीय क्रियाकलापका बारेमा अधययन गरेका थिए । ती चार प्रजातिमा एनोकी, स्प्लिट गिल, घोस्ट र क्याटरपिलर फंगी हुन् ।

    शोधकर्ताका अनुसार च्याउको विद्युतीय तरंग मानिसको भाषाजस्तै हुने गर्दछ । रोयल सोसाइटी ओपन साइन्समा प्रकाशित उक्त शोध प्रतिवेदन अनुसार च्याउको शब्दकोषमा कुल ५० शब्द हुन्छन् र तिनै शब्दको प्रयोग गरेर च्याउहरू आपसमा संवाद गर्दछन् ।

    वैज्ञानिकका अनुसार च्याउले एक आपसमा मौसम तथा आसन्न खतराहरूका बारेमा कुराकानी गर्दछन् । – एजेन्सी

  • सिँचाइ आयोजना सुरु भएको ३६ वर्षपछि कामको सुरुवात

    सिँचाइ आयोजना सुरु भएको ३६ वर्षपछि कामको सुरुवात

    हेमन्त केसी

    जाजरकोट, २६ चैत-
    जाजरकोटको पूर्वी क्षेत्रमा रहेका दुई ठूला आयोजना निर्माण कार्य सुरु भएको ३६ वर्षपछि कामको सुरुवात भएको छ । बारेकोट गाउँपालिका-४ र ५ मा रहेको नायकबाडा सिँचाइ योजनाको २०४२ सालमा कामको सुरुवात भएको थियो । अर्को भेरी नगरपालिकाको भुरचौरमा रहेको भुरचौर सिँचाइ आयोजनाको निर्माणको लागि समितिले अध्ययन गरिरहेको छ ।

    भुरचौरको सिँचाइ योजना २०४३ सालमा सुरु भएर बीचमै अलपत्र परेको थियो । नायकबाडाको सिँचाइ आयोजना तत्कालीन वन सहायक मन्त्री दीपबहादुर सिंहको पालामा सुरु गरिएको भए पनि बीचमै काम रोकिएको थियो । यी दुवै आयोजना निर्माण गर्नका लागि पहल नहुँदा रोकिएको अवस्थामा रहेका थिए ।

    कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले माघ २३ गते पद बहाली गर्दा दुवै आयोजना निर्माणका लागि आयोजनाको अवस्था पत्ता लगाउन एक समिति गठन गर्न निर्देशन दिँदै कामको सुरुवात गरेका थिए । अध्ययन समितिले नायकबाडा सिँचाइ आयोजनाको काम गर्न सकिने निष्कर्ष निकालेको छ ।

    भुरचौर सिँचाइ आयोजना बारे विस्तृत अध्ययन जारी रहेको बताइएको छ । शुक्रबारमात्र कर्णालीका जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले सातै प्रदेशका र संघीय सरकारको बीचमा प्रस्तावित सिँचाइ नीतिमाथिको छलफलको क्रममा दुवै आयोजनाका विषयमा लिखित प्रस्ताव राखेका थिए ।

    वर्षेनी नयाँ-नयाँ योजना प्रस्ताव हुने तर काम बीचमै छोडेर जाने कार्यले गर्दा ठूला योजना अलपत्र परेको भन्दै पुराना आयोजना सकेर मात्र नयाँमा जानुपर्ने अन्तरक्रियामा सहभागीले जोड दिएका थिए । आयोजना छनोट गर्दा बस्तुबादी र लगानी उठ्ने हुनुपर्नेमा जोड दिइएको थियो ।

    कर्णालीको रिपोट खास धरातलबाट आएको भन्दै ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुलासले उच्च प्रशंसासमेत गरेकी थिइन् । नायकबाडा सिँचाइ योजना निर्माण भएमा यहाँका दुई वटा वडाको भारी जमिनमा सिञ्चित हुने छन् । वर्षेनी खाद्यान्न झेल्ने बारेकोटमा यो सिँचाइ योजनाले उत्पादनमा वृद्धि गरी आर्थिक रूपमा बलियो बनाउने स्थानीयवासी जनकबहादुर शाहीले जानकारी दिए ।

    अहिले आकासे पानीको भरमा नायकबाडा, मैनालगायतका ठाउँमा खेती हुँदै आएको छ । धानबाली लगाउँदा आकासे पानी हेरेर मात्र रोपाइ हुने गरेको छ । बारेकोट गाउँपालिकाको सबैभन्दा बढी खेतीयोग्य जमिन नायकवाडामै रहेको छ ।

    लगानी धेरै लग्ने भएपछि आयोजना बीचमै अलपत्र परिएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । करिब १२ किलोमिटर लामो नहरबाट नायकबाडामा पानी लिनुपर्ने अवस्था रहेको छ । प्रतिनिधिसभा सदस्य तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतको समेत यी आयोजनामा विशेष चासो रहेको छ । यो आयोजना निर्माण कार्य सुरु हुन थालेको सूचना पायलगतै स्थानीयवासी खुसी भएका छन् ।

    उता भुरचौरमा तत्काल सिँचाइ तथा खानेपानीको अवस्था आपूर्ति गर्नका लागि प्रदेश सरकारकै पहलमा लिफ्टमार्फत पानी तानेर समस्या हल भइरहेको छ । भेरी नदीबाट पानी तानेर आपूर्ति गरिएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जाजरकोटका प्रमुख ज्वालाराज शाहीले जानकारी दिए । वृहत् आयोजना भएकाले सानोतिनो लगानीले दुवै आयोजना निर्माण गर्न नसकिने प्रमुख शाहीले बताए ।- न्युज कारखाना

  • बर्दिबासमा रेल्वे स्टेसन बनाउन दिदैनौँ : स्थानीय

    बर्दिबासमा रेल्वे स्टेसन बनाउन दिदैनौँ : स्थानीय

    महोत्तरी, २६ महोत्तरी-

    ब्रोडजेग रेल्वेको पूर्वधार निर्माण आयोजनाले बर्दिबासमा जगा अधिग्रहण गरेर रेल्वे स्टेसन बनाउने प्रक्रिया अगाडि बढाए पनि स्थानीयवासीले स्६ेसन बनाउन नदिने चेतावनी दिएका छन् ।

    स्थानीयवासीले शुक्रबार पत्रकार सम्मेलन आयोजाना गरी बर्दिबास जस्तो सानो ठाउँमा रेल्वे स्टेसन बनाउँदा थप भिडभाड र होहल्ला हुने भएकाले स्टेसन बनाउन नदिने घोषणा गरेका हुन् ।

    बर्दिबास कै सेरोफेरोमा सरकारी जग्गा प्रसस्त हुँदाहुँदै बस्तीको बीचमा स्टेसन बनाउँदा धेरै ठूलो असर पर्ने स्थानीयको ठहर छ ।

    रेल्वे स्टेसन बन्ने पक्का भएपछि सरकारले २०७३ सालमा करिब ६० बिगाहा जमिन सहमतीमै सरकारले अधिग्रहण गरेको थियो ।

    यता, अधिग्रहणमा परेका जग्गाधनीको निर्धारित मुआब्जामा समेत असन्तुष्टि छ । उचित मुआब्जाको पर्खाइमा रहेका स्थानीयले न्युनतम सात लाखदेखि ८१ लाखसम्म मुआब्जा निर्धारण भएपछि असन्तुष्टि जनाएका हुन् ।

    मुआब्जा निर्धारण समितिले एक बर्ष अगाडि नै अधिग्रहण गरेको जग्गालार्इ विभिन्न ३५ शीर्षकमा विभाजन गरी न्युनतम सात लाखदेखि ८१ लाखसम्म मुआब्जा दिने निर्णय गरेको थियो ।

    चलनचल्तीको मूल्यभन्दा निर्धारित मुआब्जा निक्कै कम भएको बताउँदै आएका स्थानीयले अहिले भने रेल्वे स्टेसननै बन्न नदिने बताएका छन् ।

    मुआब्जा पीडितहरूले रेल्वे स्टेसनले विकासभन्दा पनि विनास ल्याउने भएकाले आवश्कता महसुस नगरेको बताए ।

    ६ बर्षदेखि जग्गा अधिग्रहण गरेर किसानलाई बन्धनमा राखेको पनि पीडितहरूको भनाइ छ ।

    ‘मूल्य पुनरावलोकनको लागि प्रयास गर्दा कतै सुनुवाइ भएन अब हामी ससंक्त प्रतिवाद गर्छौ ।’ संघर्ष समितिका डाकराज पोखरेलले भने ।

    बर्दिबासवाट मुआब्जा भन्दा पनि रेल्वे स्टेसन नै हटाउनु पर्ने स्थानीय नेता डा. कृष्ण हमालको भनाइ छ ।  बर्दिबास जस्तो सानो ठाउँमा बिघौ जग्गा अधिग्रहण गरेर बनाउने रेल्वे स्टेसन जरुरी नभएको हमालको जिकिर छ ।

    रेल्वे स्टेसन बन्दा ८४ परिपार बेघर हुने उनको भनाइ छ । करिब दुई सय घरधुरी अहिले जग्गा अधिग्रहणको कारणले पीडित बनिरहेको मुआब्जा संघर्ष समितिले जनाएको छ ।- न्युज कारखाना

  • हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    मङ्गलबारे, २६ चैत-
    इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

    बिहान मर्निङ वाकमा निस्कनुभएका उहाँलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो । बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उहाँलाई झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचारकै क्रममा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्गाबहादुर थापाले बताउनुभयो । घरबाट करिब दुई सय मिटर टाढा उहाँलाई हात्तीले आक्रमण गरेको हो । (रासस)

  • पाँच किलोमिटर म्याराथनमा महिलातर्फ सुशीलालाई उपाधि

    पाँच किलोमिटर म्याराथनमा महिलातर्फ सुशीलालाई उपाधि

    दिलमाया शाही
    जुम्ला, २६ चैत-

    कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको १६ वर्षमुनिको पाँच किलोमिटर म्याराथनमा महिलातर्फ सुशीला विष्ट प्रथम भएकी छन् । कल्पना बुढा द्वितीय र अन्तिमा बुढा तृतिय भएकी छिन् ।

    यस्तै पुरूषतर्फ अशोक बिक प्रथम भएका छन् भने दिपेन्द्र बुढा द्वितीय र कविन्द्र बुढा तृतीय भएको क्लबका अध्यक्ष सरोज शाहीले बताए । खुला पाँच किलोमिटर दौडमा विकास बुढा प्रथम, हरिबहादुर रावत द्वितीय र हर्क रावत तृतीय भएका छन् ।- न्युज कारखाना