Category: Banner तल ताजा समाचार

  • बाजुराबाट तीन हजार दुई सयले एसईई दिँदै, परीक्षाको तयारी पूरा

    बाजुराबाट तीन हजार दुई सयले एसईई दिँदै, परीक्षाको तयारी पूरा

    बाजुरा, ६ वैशाख-

    आगामी शुक्रबार सुरु हुन लागेको एसईई परीक्षाको सम्पूर्ण तयारी बाजुरामा पूरा भएको छ । यसपटक बाजुराबाट तीन हजार दुई सय ६६ परीक्षार्थी एसईईमा सहभागी हुने भएका छन् ।

    कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी ९ वैशाखदेखि देशभर सञ्चालन हँुदैछ । शैक्षिक सत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो ।

    बोर्डले तयार पारेको प्रश्न पत्रको आधारमा बाजुरामा १५ परीक्षा केन्द्रमा एसईई परीक्षा सञ्चालन हुने जिल्ला शिक्षा विकास समन्वय समिति बाजुराले जनाएको छ  । प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षाका सामग्री जिल्लामा पुगिसकेको कार्यालय प्रमुख हर्कबहादुर सिंहले जानकारी दिए ।

    नियमिततर्फ तीन हजार एक सय ८८ र ग्रेड वृद्धितर्फ ७८ विद्यार्थी सहभागी हुने कार्यालय प्रमुख सिंहको भनाइ छ । बाजुराबाट सहभागी हुने परिक्षार्थीमध्ये एक हजार ६ सय ३३ छात्र र एक हजार पाँच सय ५५ छात्रा छन् । १५ जनालाई केन्द्राध्यक्षको जिम्मेवारी दिएको छ ।- न्युज कारखाना

  • विवेकशील साझाले ललितपुरको मेयरमा उज्ज्वल कृष्ण श्रेष्ठलाई उठाउँदै

    विवेकशील साझाले ललितपुरको मेयरमा उज्ज्वल कृष्ण श्रेष्ठलाई उठाउँदै

    काठमाडौं, ६ वैशाख-

    विवेकशील साझा पार्टीले ललितपुरको मेयरमा उज्ज्वल कृष्ण श्रेष्ठलाई उठाने भएको छ ।

    आज दिउँसो पत्रकार सम्मेलन गरी विवेकशीलले ललितपुर मेयरमा श्रेष्ठको नाम घोषणा गर्ने जनाएको छ ।

    मेयर उम्मेदवारको घोषणा दिउसो २ बजे पाटन दरबार स्क्वायरमा गरिंदै छ । न्युज कारखाना

     

  • मधेश प्रदेशका सिट बाँडफाट गर्न सत्तारुढ गठबन्धन दललाई सकस

    मधेश प्रदेशका सिट बाँडफाट गर्न सत्तारुढ गठबन्धन दललाई सकस

    जनकपुरधाम, ६ वैशाख-

    मधेस प्रदेशमा चुनावी तालमेल गर्न सत्तारुढ गठबन्धनलाई सकस भएको छ ।

    प्रदेशका चुनावी तालमेल गर्न प्रदेश स्तरीय सत्तारुढ गठबन्धन दलको पटक–पटक वैठक बसे पनि अझै पालिका बाँडफाटमा सहमति जुटन सकेको छैन ।
    सोमबार बसेको सत्तारुढ गठबन्धनले पहिलो चरणमा गत स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र वर्तमानमा लोसपाले नेतृत्व गरिरहेको ३४ वटा पालिकामा भागबण्डा गर्ने र त्यसबाट बाँकी रहेका ९८ वटा पालिकामा पछि भागबण्डा गर्ने विषयमा सैद्धान्तिक सहमति भएको थियो ।

    मधेश प्रदेशमा एक महानगर वीरगन्ज र तीन उपमहनगर जनकपुरधाम, सिमरा र कलैया छन् । यी चार स्थानीय तहमा केन्द्रबाटै भागबण्डा लगाइने उल्लेख छ भने बाँकी एक सय ३२ पालिकामा भागबण्डा गर्न प्रदेश गठबन्धनलाई जिम्मेवारी तोकिएको छ । त्यसैगरी, सोमबार बसेको बैठकमा अन्य पालिकामा आवश्यता र औचित्यको आधारमा तालमेल गर्ने निर्णय गरेको थियो ।

    सोमबार सतारुढ गठबन्धन दलहरूको सिट बाँडफाटमा सहमति नभएपछि अर्को बैठक बुधबार राखिएको छ । बुधबार जनकपुरमा बैठक राखिएको एकीकृत नेकपा समाजवादी पार्टीका प्रदेश अध्यक्ष राचन्द्र यादवले बताए ।- न्युज कारखाना

  • भागबन्डा नमिल्ने संकेतपछि एमालेसँग आन्तरिक छलफलमा सत्तारुढ दल

    भागबन्डा नमिल्ने संकेतपछि एमालेसँग आन्तरिक छलफलमा सत्तारुढ दल

    अश्विन दानी
    वैशाख ६, गोरखा-

    गोरखामा चुनावी तालमेलका लागि कांग्रेस सभापति नन्दप्रसाद न्यौपानेको संयोजकत्वमा बनेको जिल्लास्तरीय संयन्त्रको बैठक १८ चैतदेखि औपचारिक रूपमा ६ पटक बसिसक्यो । तर, पटकपटक बसेको बैठकले सिट बाँडफाँटमा सहमति जुटाउन नसक्दा विनानिष्कर्ष बैठक टुंगिने गरेको छ ।

    भागबन्डाको विषयमा कुरा नमिल्दा सत्तारुढ दलबीच चुनावी तालमेल हुने सम्भावना न्यून बन्दै गएको संयन्त्रका जिल्लास्तरीय नेताहरु बताउँछन् । ११ स्थानीय तहमध्ये नौ पालिका प्रमुख जितेको नेपाली कांग्रेसले यसअघि विजयी भएका नौवटै पालिका दाबी गर्दै आएको छ ।

    दुई नगरपालिकासहित ११ वटा स्थानीय तह रहेको गोरखामा कांग्रेसले अघिल्लो चुनावमा जितेको नाै पालिकामा अडान छाडेको छैन । हाल दुई पालिकाको नेतृत्व सम्हालिरहेको माओवादीले जिल्ला समन्वय समितिको प्रमुखसहित पाँच पालिका पाउनुपर्ने अडान राखेको छ ।

    यस्तै, जसपाले अहिले पालुङटार नगरपालिकासहित तीनवटा पालिका पाउनुपर्ने माग राखेको छ । गठबन्धनको मर्म र भावनाअनुरूप सहअस्तित्वको आधारमा कम्तीमा एक पालिका प्रमुख पाउनुपर्ने एकीकृत समाजवादीले बताउँदै आएको छ ।

    यद्यपि पटकपटक बैठक बसे पनि सबै दल आ-आफ्नो अडानबाट पछाडि नहट्दा चुनावी तालमेलको सम्भावना न्यून हुँदै गएको हो । ‘सबै दलहरूको अडान कायमै छ । कुनै दल लचिलो हुने, कम्प्रमाइज गर्ने जस्तो संकेत नै देखिँदैन । सबैले आफ्नो अडान कायमै राखेपछि त कसरी गठबन्धन हुन्छ त ?’, सत्तारुढ दलका एक नेताले भने ।

    भागबन्डामा सहमति जुट्ने संकेत नदेखिएपछि सत्तारुढ दलका नेताहरू गठबन्धन तोडेर एमालेसँग तालमेल गर्ने विषयमा आन्तरिक छलफल गर्न थालेका छन् । कांग्रेस, माओवादी, जसपाका जिल्लास्तरीय नेताहरू गठबन्धनमा भागबन्डाको कुरामा सहमति नजुटेपछि विकल्पको रूपमा एमालेसँग आन्तरिक छलफलमा बस्न थालेका हुन् ।

    चुनावी तालमेल र सहकार्यका विषयमा सत्तारुढ दलका नेताहरू आफूहरूसँग निरन्तर आन्तरिक छलफलमा बसिरहेको एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ बताउँछन् ।

    ‘हामी सँग चुनावी सहकार्य गर्ने, तालमेल गर्ने विषयमा सबै दलहरूसँग छलफलमा बसिरहेका छौँ । उहाँहरूबीच खटपट चलिरहेकै छ । हामीसँग जनताको भावना र मर्म बुझेर विकास र समृद्धिको यात्रामा सहकार्य गर्न यदि कुनै दल तयार हुन्छन् भने हामी तालमेल गर्न तयार नै छौँ’, अध्यक्ष गुरुङले भने ।- न्युज कारखाना

  • जङ्गली हात्तीबाट जोगाउन साइरन जडान

    जङ्गली हात्तीबाट जोगाउन साइरन जडान

    कञ्चनपुर, ६ वैशाख-

    जङ्गली हात्तीको बथानबाट गाउँलाई जोगाउन शुक्लाफाँटा नगरपालिका–८ का तीन स्थानमा विद्युतीय साइरन जडान गरिएको छ । चुरे क्षेत्र नजिकैको बस्तीमा जङ्गली हात्ती छिरेर नोक्सान पु¥याउन थालेपछि साइरन जडान गरिएको हो । “बस्ती नजिकै हात्ती देख्ने बित्तिकै जडान गरिएको साइरनको स्विच थिचेर ठूलो आवाज निकालिन्छ,” बैजनाथ सामुदायिक संस्थाका अध्यक्ष बहादुर सिंह महराले भन्नुभयो, “आवाज सुनेपछि स्थानीय बासिन्दा सतर्क रहेर बालीनालीसँगै जीउज्यान जोगाउन सजक हुन्छन् ।”

    साइरन बजाउनका लागि एक कर्मचारीको समेत व्यवस्था गरिएको छ । साइरनको आवाज तीन किलोमिटरसम्म सुन्न सकिन्छ । “साइरन बजेपछि हात्ती धपाउन सजिलो हुन्छ नै । हात्तीले खेतबारीमा लगाइएको अन्नबालीमा नोक्सान गर्न पाउँदैन । हात्ती बस्ती छिर्नु अगावै सतर्क हुने हुँदा मानवीय क्षति हुन पाउँदैन ।

    “साइरनको आवाजले हात्तीसमेत तर्सेर भाग्छ,” अध्यक्ष महराले भन्नुभयो, “हात्तीको बथानले घर लगायतको भौतिक पूर्वाधारमा समेत क्षति पु¥याउन पाउँदैन ।” सामुदायिक वन समन्वय समिति (सिएफसिसी) वाणी र तराई भूपरिधि कार्यक्रम (ताल)को सहयोगमा जङ्गली हात्ती नियन्त्रण पूर्वसूचना प्रणालीअन्तर्गत साइरन जडान गरिएको हो । साइरन नगरपालिकाको बेलडाँडी, मणिकाधाम टोल, पारिफाँटालगायत तीन ठाउँमा जडान गरिएको छ ।भारतको दुधुवा नेशनलपार्क हुँदै चुरे क्षेत्रसम्म आइपुग्ने जङ्गली हात्तीको बथानले स्थानीय किसानको खेतमा लगाइएको अन्नबाली खानाका साथै प्रतिवर्ष मानवीय र भौतिक क्षति पु¥याउँदै आएको छ । साइरन जडानले जङ्गली हात्तीका कारण हुने क्षति न्यूनीकरणमा टेवा पुग्ने बताइएको छ । (रासस)

  • सांघाइमा कोभिडबाट थप ७ जनाको मृत्यु

    सांघाइमा कोभिडबाट थप ७ जनाको मृत्यु

    सांघाइ, ६ वैशाख-

    चीनको सांघाईमा कोभिड–१९ बाट थप सात जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु भएका व्यक्तिहरू ६० देखि १०१ वर्ष उमेर समूहका छन् । उनीहरूको स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि रहेको बताइएको छ ।

    यसअघि सोमबार अधिकारीहरूले सांघाइमा कोभिडबाट ३ जनाको मृत्यु भएको बताएका थिए । सांघाइमा मंगलबार २० हजार ४१६ जना नयाँ संक्रमित फेला परेका छन् ।
    बेइजिङले शून्य–कोभिड नीतिलाई जोड दिँदै आएको छ । संक्रमण घटाउन उसले लकडाउन, सामूहिक परीक्षण, लामो क्वारेन्टाइन र कडा प्रतिबन्ध जस्ता उपायहरू अबलम्बन गर्दै आएको छ । तर, प्रतिबन्धकाबाबजुद पछिल्लो समयमा संक्रमण दर बढिरहेको छ ।

    सरकारले सार्वजनिक गरेको आधिकारिक तथ्यांकमा केहीले शंका गरेका छन् । उनीहरूका अनुसार देशको बढ्दो बृद्ध जनसंख्यामा खोप दर न्यून छ ।
    सांघाईका ६० वर्षमाथि दुई तिहाइभन्दा बढीले पूर्ण खोप लगाएका र करिब ४० प्रतिशतले बुस्टर डोज लगाएका स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका थिए ।- एजेन्सी

  • पिच गरेको भोलिपल्टै सडक जिर्ण, स्थानीय आन्दाेलित

    पिच गरेको भोलिपल्टै सडक जिर्ण, स्थानीय आन्दाेलित

    विशाल बस्नेत

    महोत्तरी, ६ वैशाख-

    सडक पिच गरेको २४ घन्टा नबित्दै धमाधम पिच उप्कन थालेपछि बर्दिबासस्थित खयरमाराका स्थानीय आन्दोलित भएका छन् । टेन्डर प्रक्रियाबाट युनिभर्सल कन्स्ट्रक्सनले ठेक्का पाएको लक्ष्मीनारायण माध्यामिक विध्यालयदेखि पोखरीसम्मको पिच उप्कन थालेकाे हाे ।

    पिच गर्नेक्रममा ठेकेदारले कमसल र गुण्स्तरहीन काम गरेको स्थानीयले आरोप लगाएका छन् । बढी नाफा लिने उद्देश्यले ठेकेदार कम्पनीले बेइमान गरेको स्थानीयको भनाइ छ ।

    उच्च माध्यामिक विध्यालयदेखि पोखरीसम्म झन्डै ११ सय मिटर पिच सडक टेन्डरमार्फत युनिभर्सल कन्स्ट्रक्सनले करिब एक करोडमा ठेक्का हात पारेको थियो । तर स्थानीयले राजनीतिक प्रतिशाेध लिने उद्देश्यले किनारा नै नमिलाइकन पिच उप्काएको युनिभर्सल कन्स्ट्रक्सनका प्रबन्धक सुजन पोखरेलको दाबी छ । ‘निर्वाचनको संघारमा स्थानीय दलगत व्यक्तिहरूले बदनाम गर्ने उद्देश्यले याेजना विफल बनाउन पिच उप्काएका हुन्,’ प्रबन्धक पोखरेलले भने ।

    नगरपालिकाको मापदण्डमा उक्त कन्स्ट्रक्सन कम्पनीले ४० एमएम मोटाइ र पूर्ण प्रिमिक्स बनाउनुपर्ने उल्लेख छ । तर मापदण्डअनुसार गुणस्तरहीन सामान प्रयोग गरी स्थानीयलाई आँखामा छारो हाल्ने काम मात्र गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

    यता नगरपालिकाले गुणस्तरको विषयमा छानबिन गर्न प्रावधिक टोली आज पठाउँदै छ । ‘प्रावधिकहरू गएर गुणस्तरको लेखाजोखा गर्छन्, यदि प्रमाणित भए ठेकेदार कम्पनीको भुक्तानी नै रद्द गरिनेछ,’ नगर प्रमुख विदुर कार्कीले भने ।

    ठेकेदार कम्पनीले निर्माण सामग्री प्रयोग गर्दा वडाध्यक्षलाई बोलाएर समन्वय गर्ने बताए पनि आफूलाई कुनै जानकारी नदिएको वडाध्यक्ष धनबहादुर लामाले बताए । यसअघि पनि खयरमारामै बन्दै गरेको पिच उप्किएपछि नगरपालिकाले भुक्तानी रोकेर पुनः काम गर्न लगाएकाे थियाे ।- न्युज कारखाना

  • देशभर कैदीबन्दीको संख्या २५ हजारभन्दा बढी, कैदीबन्दीलाई छैन मतदानको अधिकार

    देशभर कैदीबन्दीको संख्या २५ हजारभन्दा बढी, कैदीबन्दीलाई छैन मतदानको अधिकार

    काठमाडौं, ६ चैत-

    देशभर कुल कैदीबन्दीको संख्या २५ हजार ७२ रहेको छ । कुल कैदीबन्दीमध्ये १ हजार ३ सय ८४ जना विदेशी रहेका छन् ।

    कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामचन्द्र सिवाकोटीका अनुसार अहिले देशका विभन्न जेलहरुमा १३ हजार ७३१ पुरुष कैदी र ७८० जना महिला कैदी रहेका छन् ।

    यस्तै, देशमा अहिले ९ हजार ९६९ पुरुष र ५९२ जना महिला बन्दीहरु रहेको उनले जनाए । देशका ८ वटा बालसुधार गृहमा ५०३ जना कैदी र ५२५ जना बन्दी रहेका छन् ।

    देशका विभिन्न जेलमा रहेका कैदीबन्दीहरुले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाउने विभागका सूचना अधिकारी सिवाकोटीले बताए ।

    ‘कैदीबन्दीलाई मतदानसमा सहभागी गराएका मैले अहिलेसम्म थाहा पाएको छैन । यसपटकको निर्वाचनमा पनि उनीहरुले मतदान गर्न पाउने छैनन् । यसैकारण उनीहरुको मतदाता परिचयपत्र पनि बनाइएको छैन,’ सूचना अधिकारी सिकाकोटीले न्युज कारखानासँग भने ।- न्युज कारखाना

  • अमेरिकी उपसहायक विदेशमन्त्री काइडरलिङ र एलजीबीटीक्युआई प्लस अभियन्ता श्रेष्ठबीच भेटवार्ता

    अमेरिकी उपसहायक विदेशमन्त्री काइडरलिङ र एलजीबीटीक्युआई प्लस अभियन्ता श्रेष्ठबीच भेटवार्ता

    काठमाडौं, ६ वैशाख-

    नेपाल भ्रमणमा रहेकी अमेरिकी उपसहायक विदेशमन्त्री केली काइडरलिङले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार विजेता तथा नेपाली ‘एलजीबीटीक्युआई प्लस’ अभियन्ता भूमिका श्रेष्ठसँग भेट गरेकी छन् ।

    काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार भेटघाटमा नेपाली एलजीबीटीक्युआई प्लस समुदायको अधिकार र उत्थानका विषयमा छलफल भएको थियो ।

    ‘अमेरिका नेपालमा एलजीबीटीक्युआई प्लस समुदायको अधिकारको उत्थान र समान अवसरको पहलका लागि श्रेष्ठको योगदानको प्रसंशा गर्दछ र यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको अधिकारका लागि हुने प्रयासमा हरसम्भव सघाउन प्रतिवद्ध छ,’ काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेको छ ।

    नेपाल र अमेरिकाबीचको कूटनीति सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा अमेरिकी उपसहायक विदेशमन्त्री काइडरलिङ नेपाल भ्रमणमा आएकी हुन् । न्युज कारखाना

     

  • रमजानले फेरिएको मुस्लिम महिलाको दैनिकी

    रमजानले फेरिएको मुस्लिम महिलाको दैनिकी

    जनकपुरधाम, ६ वैशाख-

    जनकपुर उपमहानगरपालिका-१६ बस्ने रुकशना आजमीको दैनिकी हिजाेआज फेरिएको छ । प्राय: बिहान ६ बजे उठ्ने उनी रमाजान महिना सुरु भएदेखि २ बजे नै उठ्ने गरेकी छन् ।

    २७ वर्षीया अजामी एक दिन पनि नबिराई रोजा गर्छिन् । २ बजे बिहानै उठ्ने आजमीले घरपरिवारका लागि सेहरी (व्रतमा बस्नुपूर्व बिहान खाने खना) तयार गर्छिन् । सेहरी खाई बिहानीको झिलिमिलीसँगै रोजा सुरु गर्छिन् ।

    जनकपुरधाम-५ बस्ने ४७ वर्षीया रेहना खातुनको रमजानमा आफ्नै कथा छ । इस्लामिक महिना रमजानमा हरेक बालिग महिला तथा पुरुषमाथि रोजा (व्रत) अनिवार्य गरिएको छ । रोजा बस्न औधि मनपराउने रहेनाका श्रीमान् जाकिर खानले भने बिरामी भएकाले यस वर्ष एउटा पनि रोजा गर्ने सकेनन् ।

    ‘उहाँलाई सधै औषधि खानुपर्छ, डाक्टरले एकदिन पनि औषधि नछाड्न भनेका छन्,’ रेहनाले भनिन्, ‘जिउ नै सन्चो नभएपछि रोजा बस्ने कुरै भएन ।’ विरामी अवस्थामा रोजा गर्नु अनिवार्य छैन । बिहान २ बजे नै उठ्ने रेहना आफ्ना घरमा बस्ने भाडादारसहित छरछिमेकीलाई सेहरी खाना जगाउने गर्छिन् । छिमेकमै सबैभन्दा पहिले रेहना उठ्ने गरेकी छन् । त्यसैले सबैले उनलाई ‘नमाजीवुआ’भनेर बाेलाउँछन् ।

    बुहारी समिमाले खाना पकाइरहेका बेला रेहना तस्वीह (धार्मिक माला) जप्दै मन्त्रहरु पढ्छिन् । बिहानै सेहरी खाएर रोजा सुरु गर्ने गरेकाे उनले सुनाइन् । रोजा सुरु हुनुअघि खाइने खानेकुरालाई सेहरी भन्निछ । सेहरी खाइसकेपछि नजिकका मस्जिदबाट अजान सुनेपछि वजु (शरीरको सफासुग्घर)गरी फ्रजको नमाज (बिहानको प्रार्थना) पढ्दासम्म उज्जयालो भइसकेको हुन्छ । बिहान हुँदा उनी कुरआन (इस्लामको धार्मिक ग्रन्थ) पाठ गर्छिन् ।

    दैनिक पाँचपटक नमाज पढ्ने रेहनाले भनिन्, ‘दिनभरि पानी पनि नखाई घरमै पाठ गरेको देखेर गैरमुस्लिम छिमेकीहरू आश्र्चर्य मान्छन् । रोजाका वेला सूर्यास्त नभएसम्म केही खानेकुरा खानु हुँदैन ।’

    सूर्यास्त भएपछि रोजा अन्त्य गरिन्छ । इस्लामिक धर्मगुरुका अनुसार सामूहिक रूपमा रोजा खोल्दा धार्मिक हिसावले राम्रो मानिन्छ । रमजान महिनामा इस्लामिक क्यालेन्डरकोे नवाै‌ महिना हो । मुस्लिम समुदायमा ‘रमजान’ का लागि विशेष महत्व राख्छ । अन्य महिनाभन्दा रमजानमा उपवास तथा दान गर्दा ७० गुणा बढी सवाव (पुण्य) प्राप्ति हुने जनविश्वास छ ।

    रमजानकै २७ तारिखका दिन इस्लाम धर्मावलम्वीहरूको सबैभन्दा ठूलो धर्मग्रन्थ पवित्र कुरआन सरिफ नाजिल (अवितरित) भएकाले मौलना इजराइल रिजवीले बताए । उनले भने, ‘संसारको आवश्यताअनुसार अल्लाहले एक-एक पराको रूपमा ज्ञान पठाइरहँदा २३ वर्षपछि मात्र पवित्र कुरआनले पूर्णता पाएको थियो । यो महिनाभरि नै जनत (स्वर्ग) का सातवटै ढोका खुल्ला रहन्छ भने जहनम (नक्र) का सबै ढोका बन्द रहन्छ।’- न्युज कारखाना