Category: Banner तल ताजा समाचार

  • बेलायतका विपक्षीले प्रधानमन्त्री जोनसनलाई भने : ‘लाज नभएको मान्छे’

    बेलायतका विपक्षीले प्रधानमन्त्री जोनसनलाई भने : ‘लाज नभएको मान्छे’

    लन्डन, ७ वैशाख-

    बेलायतका विपक्षी पार्टीले प्रधानमन्त्री बोरिस जोनसनको आलोचना गर्दै उनलाई ‘लाज नभएको मान्छे’ भनेका छन् । कोभिड लकडाउनका समयमा प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटमा आयोजित मदिरा पार्टीलाई लिएर प्रधानमन्त्रीको चर्को आलोचना हुँदै आएको छ ।

    पार्टीको फुटेज चुहावट भई सामाजिक सञ्जालमा भाइरल भएपछि बेलायती सञ्चार माध्यमहरूले सो काण्डलाई ‘पार्टीगेट’ भनेका थिए ।

    प्रधानमन्त्रीले कोभिड १९– निर्देशिका उल्लंघन गरेको महानगरीय प्रहरीले जनाएको छ । उनी कानून तोडेको आरोपमा दण्डित हुने पहिलो बेलायती नेता पनि हुन् । सोही काण्डलाई लिएर प्रधानमन्त्रीले क्षमायाचना गरेका छन् ।

    विपक्षी लेबर पार्टीका नेता कियर स्टाररले प्रधानमन्त्रीको माफीलाई ठट्टा बताउँदै बेलायती जनताले उनको विश्वास नगर्ने बताएका छन् । ‘राजनीतिमा हुनुपर्छ । देशको बदनामी बन्द गर्नुपर्छ’, उनले भने । प्रधानमन्त्रीलाई पदबाट राजीनामा दिन पनि उनले अनुरोध गरेका छन् ।- एजेन्सी

  • ‘फ्रि फायर गेम’ मार्फत चिनजान गरी १३ वर्षीय बालिकालाई पाल्पाबाट काठमाडौं लगेर बलात्कार

    ‘फ्रि फायर गेम’ मार्फत चिनजान गरी १३ वर्षीय बालिकालाई पाल्पाबाट काठमाडौं लगेर बलात्कार

    काठमाडौं, ७ वैशाख –

    फ्रि फायर गेम मार्फत चिनजान भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ बस्ने २७ वर्षीय महेश उदाश रहेका छन् । उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    ती बालिकाको अभिभावकले आफ्नी छोरी हराएकोले खोजी गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएका थिए । त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौं र मातहत वृत्त तथा प्रभागहरुमार्फत बालिकाको खोजी गर्ने क्रममा चन्द्रागिरी नगरपालिका–८ मातातिर्थमा उनी फेला परेकी थिइन् ।

    थप अनुसन्धान तथा सोधपुछ गर्दा अभियुक्त महेश उदाशसँग बिगत एक वर्षदेखि फ्रि फायर गेम खेल्ने क्रममा चिनजान भएको, फेसबुक, म्यासेञ्जरमा भिडियो कल तथा म्यासेजहरु मार्फत कुराकानी भई विवाह गर्ने लगायतको आश्वासन दिई गत चैत २९ गते पाल्पाबाट मोटरसाइकलमा काठमाडौं आएको खुलेको थियो ।

    गत चैत ३० गते राति काठमाडौं टोखा नगरपालिका–६ स्थित बसुन्धरामा राखी उदाशले बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उदाशमाथि थप अनुसन्धान भइरहेको छ । – न्युज कारखाना

  • दाङमा हावाहुरीको वितण्डा : विद्यालयको छानो उडाउँदा घाममा बसेर परीक्षा दिनुपर्ने बाध्यता

    दाङमा हावाहुरीको वितण्डा : विद्यालयको छानो उडाउँदा घाममा बसेर परीक्षा दिनुपर्ने बाध्यता

    तुलसीपुर, ७ वैशाख –

    दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित प्रतापकोट माविको छानो हावाहुरीले उडाउँदा विद्यार्थीको बिचल्ली भएको छ । छानो उडाएपछि एक सातादेखि विद्यालयको पठनपाठन ठप्प छ ।

    गत चैत ३० गते रातिको हावाहुरीले जस्तापाताले छाएको छानो उडाएको हो । विद्यालयका प्रधानाध्यापक फष्टबहादुर राणाका अनुसार तीनवटा कक्षाको पठनपाठन जस्तापाताको छानोमुनि हुँदैआएको थियो । अहिले विद्यार्थी घाममा बसेर परीक्षा दिन बाध्य छन् । “परीक्षासमेत प्रभावित भएको छ । नियमित कक्षा सञ्चालन गर्न समस्या छ”, उहाँले भन्नुभयो ।

    कक्षा ४, ५र ६ का विद्यार्थी छाप्रोमा पढ्नुपर्ने अवस्था थियो । विसं २०२८ मा स्थापना भएको उक्त विद्यालयको भवन जीर्ण छ । पुरानो भवन भत्काएर नयाँ निर्माण गरिँदै छ । विद्यालय भवन निर्माण पूरा नहुँदा पठनपाठनमा बाधा पुगेको प्रधानाध्यापक राणा बताउनुहुन्छ । गत कात्तिकमा भवन भत्काएर नयाँ निर्माण थालिएको हो । ‘छाया नेपाल’ले सँगसँगै निर्माण थालेको तुलसीपुर–७ कालाखोलास्थित भवनको काम अन्तिम चरणमा पुगेको छ तर, अम्बासको भवन निर्माणको काम भने सुस्त गतिमा छ ।

    विद्यालयका प्रअ राणाका अनुसार असार मसान्तसम्म सक्ने गरी सम्झौता भए पनि विद्यार्थीको पठनपाठनलाई मध्यनजर गरी छिट्टै पूरा गर्ने गरी अगाडि बढ्ने आश्वासन दिइएको थियो । रु एक करोड ४३ लाखको लागतमा आठ कोठाको भवन निर्माण गरिँदै छ । कक्षा १० सम्म सञ्चालित उक्त विद्यालयमा हाल २४५ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा १४ शिक्षक कर्मचारी कार्यरत छन् । रासस

  • घलेगाउँमा सेल्फी स्टेशन

    घलेगाउँमा सेल्फी स्टेशन

    लमजुङ, ७ वैशाख-

    नेपालकै पहिलो सुखी गाउँ घलेगाउँमा सेल्फी स्टेशन निर्माण गरिएको छ । गाउँमा आएका पर्यटकहरूका लागि पृष्ठभूमिमा गाउँ देखिने गरी तस्बिर खिच्न सेल्फी स्टेशन निर्माण भएको हो । घलेगाउँ ग्रामीण पर्यटन विकास समितिले पर्यटकहरूको माग र आवश्यकताअनुसार सेल्फी स्टेशन निर्माण गरेको हो ।
    स्थानीय पर्यटन समितिले पाँच लाख रुपैयाँ खर्च गरेर सेल्फी स्टेशन निर्माण गरेको समिति अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

    नवनिर्मित सेल्फी स्टेशनबाट पृष्ठभूमिमा घलेगाउँ राखेर तस्बिर खिच्न सकिन्छ भने अर्को तर्फ अन्नपूर्ण हिमश्रृंखला राखेर पनि तस्बिर लिन सकिन्छ । सेल्फी स्टेशनको स्तम्भमा पर्यटन प्रवर्द्धनमा घलेगाउँको मुख्य इतिहास उल्लेख गरिएको छ भने सोही स्तम्भवमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । पर्यटक आकर्षणका निम्ती यसअघि थुप्रै संरचना निर्माण भएको घलेगाउँमा सेल्फी स्टेशन निर्माण भएसँगै थप आकर्षित भएको स्थानियले विश्वास व्यक्त गरेका छन् ।

    २०५७ सालबाट घरबास अर्थात व्यवसायिक होमस्टे सुरुवात भएको घलेगाउँमा २०५८ सालमा घलेगाउँ कला महोत्सव गरेपछि आन्तरिक र बाह्य पर्यटकहरूको आगमन हुन थालेको हो । पर्यटकहरूको आगमन बढेसँगै २०६३ मा घलेगाउँलाई दक्षिण एसियाको नमुना गाउँ घोषणा भएको थियो । पर्यटन व्यवसायमा अपेक्षित प्रगति भएसँगै स्थानीयले २०७६ सालमा स्मार्ट भिलेज घोषणा गरेका थिए । त्यसको दुईवर्ष पछि स्थानीयकै अगुवाइमा गाउँलाइ नेपालकै पहिलो सुखी गाउँ घोषणा गरेका छन् ।

    क्व्होेलासोँथार गाउँपालिका–३ मा पर्ने घलेगाउँ समुद्री सतहदेखि २१ सय मिटरको उचाईमा पर्दछ । सदरमुकाम बेंसीसहरबाट सवारी साधनमा दुई घण्टा र पैदल जान चाहनेका लागि पाँच घण्टामा पुग्न सकिने घलेगाउँमा पछिल्लो समय यातायात पुगेपछि आन्तरिक पर्यटकको संख्यामा निकै वृद्धि भएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।

    घलेगाउँमा होमस्टे, स्थानीय उत्पादन, प्राकृतिक दृष्यावलोकन र गुरुङ संस्कृति अवलोकन तथा अनुभवका लागि पर्यटकहरू पुग्ने गर्दछन् । घलेगाउँमा हाल ४२ घरमा व्यावसायिक र व्यवस्थित होमस्टे सञ्चालनमा आएको छ । दैनिक उल्लेख्य पर्यटकहरूको आगमन हुने घलेगाउँमा होमस्टे सञ्चालकबाहेक पनि स्थानीयले कृषि तथा अन्य व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् ।
    न्युज कारखाना

  • पोखराको मेयर समाजवादीलाई दिएपछि कास्की कांग्रेस कार्यालयमा तालाबन्दी

    पोखराको मेयर समाजवादीलाई दिएपछि कास्की कांग्रेस कार्यालयमा तालाबन्दी

    पोखरा, ७ वैशाख-

    सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने सहमतिपछि नेपाली कांग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ । कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हाे ।

    महानगरका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गरी तालाबन्दीको निर्णय गरेका हुन् । उनीहरूले जिल्ला कार्यसमितिसँग मात्रै सोधेर पोखराको मेयर एकीकृत समाजवादीलाई सुम्पेको भन्दै आफ्नो आत्मसम्मानमा चोट पुगेको बताएका छन् ।

    ‘प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै नेकपा एसलाई मेयर पदमा प्रश्ताव गरिएको समाचारले महानगर समिति उपेक्षित भएको महसुस भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी पनि विधानअनुसार निर्वाचित भएका हौं । यस्ता निर्णयले कांग्रेसका पहरेदार सिपाहीहरूको आत्मसम्मानमा गम्भीर चोट लागेको छ ।’

    सत्ताभन्दा माथि उठेर आमकार्यकर्ताको मनोभावना उच्च राख्न महानगरले जिल्लाको पार्टी कार्यालयमा तालाबन्दी गरेको थापाले बताए । ‘आगामी दिनमा अपनाइने संघर्षका कार्यक्रममा आमसहमति रहने अपेक्षा गर्दै यो ध्यानाकर्षण पत्र जिल्ला कार्यसमिति एवं गण्डकी प्रदेश कार्य समिति लाई पेस गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।- न्युज कारखाना

  • स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न कस्तो चाहिन्छ योग्यता ?

    स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न कस्तो चाहिन्छ योग्यता ?

    काठमाडौं, ७ वैशाख-

    यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनमा कुनै व्यक्ति अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य पदको लागि उम्मेदवार हुन चाहेमा उसमा केही योग्यता हुन जरुरी छ ।

    निर्वाचन आयोगले उम्मेदवार बन्न के कस्ता योग्यता चाहिन्छ भन्ने ‘स्थानीय तह निर्वाचन निर्देशिका, २०७८’ मा स्पष्ट उल्लेख गरेको छ ।

    निर्देशिकाका अनुसार स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार बन्न पहिला नेपाली नागरिक भएको हुनुपर्छ । त्यसपछि उसको उमेर २१ वर्ष पुरा भएको हुनुपर्नेछ ।

    अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुख पदको लागि सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको तथा वडा अध्यक्ष र वडा सदस्यको पदको लागि सम्बन्धित वडाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ । कुनै कानूनले अयोग्य नभएको समेत हुनुपर्नेछ ।

    गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको महिला सदस्य पदको लागि सम्बन्धित गाउँसभा वा नगरसभाको सदस्य भएको महिला उम्मेदवार हुन सक्नेछन् ।

    गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको दलित वा अल्पसङ्ख्यक सदस्य पदको लागि उम्मेदवार हुन नेपालको नागरिक, एक्काईस वर्ष उमेर पूरा भएको, सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको दलित वा अल्पसङ्ख्यक समुदायको व्यक्ति हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।

    गैर नेपाली नागरिक, नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेदवार बन्न पाउने छैन ।

    कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको र निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको व्यत्ति पनि उम्मेदवार बन्न नपाउने निर्देशिकामा उल्लेख छ ।

    भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्मकैद वा बीस वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो पैmसला अन्तिम भएको व्यक्तिले पनि उम्मेदवारी दिन पाउने छैन ।

    सङ्गठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तब्य ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको व्यक्तिले उम्मेदवारी दिन पाउने छैनन् ।

    निर्देशिकामा जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाह सम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्तिले पनि उम्मेदवारी दिन नपाउने व्यवस्था गरिएको छ ।

    विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको, कुनै लाभको पद धारण गरेको, प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूचीमा नाम कायम रहेको व्यक्तिले पनि उम्मेदवारी दिन पाउने छैनन् ।- न्युज कारखाना

     

  • डब्लुएचओका महानिर्देशक भोली नेपाल आउँदै

    डब्लुएचओका महानिर्देशक भोली नेपाल आउँदै

    काठमाडौं, ७ वैशाख-

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आउँदै छन् ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । वैशाख ८ देखि १० गतेसम्म उनले नेपालको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    परराष्ट्रका अनुसार डब्लुएचओका महानिर्देशक गेब्रेयससको नेपाल भ्रमण टोलीमा डब्लुएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका निर्देशक डा पूनम क्षेत्रपाल सिंह र डब्लुएचओका अन्य पदाधिकारीहरु पनि सहभागी हुनेछन् ।

    नेपाल भ्रमणमा रहँदा महानिर्देशक गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

    यस्तै, उनले परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग पनि भेट गर्ने परराष्ट्रले जनाएको छ । न्युज कारखाना

     

  • विद्यालयका प्रअलाई गाउँपालिका अध्यक्षमा सिफारिस गर्‍याे कांग्रेसले

    विद्यालयका प्रअलाई गाउँपालिका अध्यक्षमा सिफारिस गर्‍याे कांग्रेसले

    हेमन्त केसी
    सुर्खेत, ७ वैशाख-

    नेपाली कांग्रेसले रुकुम पश्चिममा एक बहालवाला प्रधााध्यापक (प्रअ) लाई गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेकाे छ ।

    कांग्रेसले आसन्न स्थानीय तहकाे निर्वाचनका लागि हिमालय जनता माध्यमिक विद्यालयका प्रअ अमरसिंह खड्कालाई त्रिवेणी गाउँपालिका अध्यक्षकाे उम्मेदवारमा सिफारिस गरेकाे हाे ।

    खड्का २७ वर्षदेखि अध्यापनरत छन् । प्रावि द्वितीय तहमा कार्यरत खड्काले आफू राजीनामा गर्ने तयारीमा रहेको जानकारी दिए । पार्टीले निर्णय गरेपछि मनोनयन अगावै राजीनामा गर्ने योजनामा रहेको खड्काले बताए ।

    उपाध्यक्षको उम्मेदवारमा सृष्टि बाँठामगरलाई सिफारिस गरिएको कांग्रेस गाउँ कार्यसमिति सचिव सन्तोष ओलीले बताए ।

    कांग्रेसले बाँफीकोट गाउँपालिका अध्यक्षमा जनकुमार बाँठा, उपाध्यक्षमा नन्दा केसी र सानीभेरी गाउँपालिका अध्यक्षमा गोरखप्रसाद चन्दको नाम सिफारिस गरिसकेको छ ।

    यसअघिकाे निर्वाचनमा कांग्रेसले रुकुम पश्चिममाबाट कुनै पनि पालिका जितेको थिएन ।- न्युज कारखाना

  • श्रीलंकामा इन्धनको मूल्यबृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि गोली चल्यो, १ जनाको मृत्युपछि कर्फ्यू

    श्रीलंकामा इन्धनको मूल्यबृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि गोली चल्यो, १ जनाको मृत्युपछि कर्फ्यू

    कोलम्बो, ७ वैशाख-
    श्रीलंकामा हालै इन्धनमा भएको मूल्यवृद्धि र अन्य दैनिक समस्याको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ र अन्य २४ जना घाइते भएका छन् ।

    इन्धनको मूल्यवृद्धिको विरोधमा मंगलबार आन्दोलनमा उत्रिएका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो । तर, प्रदर्शन नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको थियो ।

    मृत्युपछि अन्य प्रदर्शनकारीले रामबुक्काना प्रहरी चौकी घेरेर ढुंगा प्रहार गरेका थिए । यसैबीच, श्रीलंका प्रहरीले अर्को सूचना नभएसम्मका लागि रामबुकाना प्रहरी डिभिजन वरपर कर्फ्यू लगाएको छ ।- एजेन्सी

  • वडाध्यक्ष गुरुङले फिर्ता गरे वडा कार्यालयको माेटरसाइकल

    वडाध्यक्ष गुरुङले फिर्ता गरे वडा कार्यालयको माेटरसाइकल

    खोटाङ, ७ वैशाख-
    खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानीका वडाध्यक्ष खगेन्द्र गुरुङले वडा कार्यालयको माेटरसाइकल फिर्ता गरेका छन् । वडाध्यक्ष गुरुङले प्रयोग गर्दैआएको प्रदेश १–०५–००१ ब ००१३ नम्बरको बाईक आसन्न स्थानीय तहको निर्वाचनलाई मध्येनजर गर्दै गाउँपालिकालाई फिर्ता गरेका हुन् ।

    निर्वाचन आचारसंहिता, २०७८ लागू भएपछि वडाध्यक्ष गुरुङले गाउँपालिका पुगेर माेटरसाइकलकाे चाँबी र ब्लुबुक प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईलाई हस्तान्तरण गरेका छन् ।- न्युज कारखाना