चितवनमा दाउरा बेच्न हिँडेकी महिला मृत फेला

भरतपुर, २० फागुन
चितवनमा दाउरा बेच्न हिँडेकी महिला मृत अवस्थामा फेला परेकी छन् ।

मृत्यु हुनेमा कालिका नगरपालिका-१ स्थित कमलपुर बस्ने ५० वर्षीया सानुमाया थापा रहेकी छन् । उनको शनिबार मृत्यु भएको हो ।

घरबाट दाउरा बेच्न हिँडेकी सानुमाया कालिका नगरपालिका-१ सुन्दरवस्ती स्थित शान्तीमाया लामाको गोठमा दाउराको भारी राखेर आराम गर्ने क्रममा बेहोस भई मृत फेला परेकी हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *