नारायणगढ–मुग्लिन सडक खण्डमा दुर्घटना हुँदा पाँच जना घाइते

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • नारायणगढ–मुग्लिन सडक खण्डमा दुर्घटना हुँदा पाँच जना घाइते
नारायणगढ–मुग्लिन सडक खण्डमा दुर्घटना हुँदा पाँच जना घाइते

चितवन, २० फागुन
नारायणगढ–मुग्लिन सडक खण्डमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेहरुमा झापा हल्दीबारी गाउँपालिका–१ बस्ने बर्ष ४५ को गोबिन्द प्रसाद पराजुली (टाउकोमा चोट), सोहि ठाउँ बस्ने बर्ष ४२ की चन्द्रकला पराजुली (टाउकोमा चोट), स्याङ्जा फेदीखोला गाउँपालिका–१ बस्ने बर्ष ३६ को मोती प्रसाद पराजुली (टाउकोमा चोट), सोहि ठाउँ बस्ने बर्ष ५५ को बिष्णु प्रसाद शर्मा (टाउकोमा चोट) रहेका छन् ।

शनिवार राति ९ः४० बजेको समयमा भरतपुर–२९ पन्ध्रकिलो भन्ने ठाउँमा काठमाडौँबाट काँकरभिट्टा जाँदै गरेको बा प्र ०३–००१ ख २३१४ नम्बरको बस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ज ७०२९ नम्बरको ट्याक्सी आपसमा ठोक्किएका थिए ।

उक्त ठक्करबाट ट्याक्सीमा सवार यात्रुहरु घाइते भएका हुन् । बस, ट्याक्सी र ट्याक्सी चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । उनका अनुसार बस चालक भने फरार रहेका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *