नयाँ राजधानीमा इन्डोनेसियाले मनायो स्वतन्त्रता दिवस

नुसान्तार, भदौ २-
इन्डोनेसियाले अगस्ट १७ मा देशको नयाँ राजधानी नुसान्तारामा आफ्नो स्वतन्त्रता दिवस मनाएको थियो। देशको नयाँ राजधानीमा आयोजना गरिएको यो पहिलो स्वतन्त्रता दिवस थियो।

तर, देशको नयाँ राजधानीका धेरै ठाउँमा निर्माण कार्य जारी रहेकाले महोत्सवलाई सीमित राखिएको थियो ।

इन्डोनेसिया सरकारले ७९औँ स्वतन्त्रता दिवसको अवसरमा नयाँ राजधानीको उद्घाटन गर्ने अपेक्षा गरेको थियो । तर हाल इन्डोनेसियाले यो सहर बसाउन आर्थिक कठिनाइको सामना गरिरहेको छ। एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *