सिड्नीबाट २१ दिनदेखि सम्पर्कबिहीन भएका सुवास समुद्री तटमा मृत फेला

काठमाडौ,भदौ २-
अष्ट्रेलियाको सिड्नीबाट सम्पर्कबिहीन भएका एक युवा समुद्री तटमा मृत फेला परेका छन् । काभ्रेको पाँचखाल नगरपालिका– ७ घर भएका सुवास बोलखे मृत फेला परेका हुन् ।

सुवास अष्ट्रेलियाको सिड्नीको दक्षिणी भागबाट २१ दिन देखि सम्पर्कबिहीन थिए।

उनको शव सिड्नीको समुद्री तटमा फेला परेको पाँचखाल नगरपालिकाका प्रवक्ता संजय तामाङले जानकारी दिए ।

उच्च शिक्षा अध्ययनका लागि गएका सुभाष हराएपछि खोजीका लागि परिवार स्थानीय सरकार हुँदै दूतावाससम्म पुगेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *