त्रिशूली नदीमा एक पुरुषले हाम फाले

चितवन, १५ साउन
इच्छाकामना गाउँपालिका वडा नं-५ मुग्लिनस्थित पुरानो पुलबाट एक पुरुषले हाम फालेका छन्।

नामथर, वतन नखुलेको अन्दाजी ३० वर्षीय तराई मुलकको जस्तो देखिने कालो पाइन्ट र सेतो टिसर्ट लगाएको पुरुष व्यक्ति हाम फालेको चितवन प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ति पुरुषले मुग्लिन र तनहुँ आबुँखैरेनी गाउँपालिका वडा नं-४ जोड्ने पुरानो पक्की पुलको बीच भागबाट त्रिशूली नदीमा हाम फालेका हुन् ।

अहिले बिपद व्यवस्थापन सहितको प्रहरी टोलीले खोज तलास कार्य गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *