चितवनका सुदिप भट्टराई प्याराग्लाइडिङ्ग तथा ह्याङग्लाइडिङ्ग बागमती प्रदेश संघको सचिवमा चयन

चितवन, २७ असार
प्याराग्लाइडिङ्ग तथा ह्याङग्लाइडिङ्ग बागमती प्रदेश संघको प्रथम साधारण सभा सम्पन्न भएको छ। सभा हेटौंडाको रोयल प्यालेसमा सम्पन्न भएको हो । उक्त सभाबाट मकवानपुरका रामकृष्ण शिवाकोटी संघको अध्यक्ष पदमा चयन भएका छन् ।

उपाध्यक्षमा सिन्धुलीका प्रमोद अधिकारी, सचिवमा चितवनका सुदिप भट्टराई, सहसचिवमा काठमाडौका डम्बर बहादुर थिङ्, कोषाध्यक्षमा मकवानपुरका दुर्गाप्रसाद तिमल्सिना रहेका छन्।

त्यस्तै सदस्यहरुमा काठमाडौंका बिरेन्द्र गुरुङ, रामेछापकी माया तामाङ, कृष्णबहादुर सुनुवार, मकवानपुरका दिनेश डङ्गोल र विशाल लामा चयन भएका छन् ।

दुर्गाप्रसाद तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा खेलकुद विकास बोर्ड बागमती प्रदेशका कार्यालय प्रमुख सुर्यबहादुर दाहालको प्रमुख आतिथ्यता रहेको थियोे ।

कार्यक्रममा प्याराग्लाइडिङ तथा ह्याङ्ग्लाइडिङ्ग संघका केन्द्रिय अध्यक्ष भुपाल चाम्लिङ राई र संविधानसभा पुर्व सदस्य किरण राईको विशिष्ट आतिथ्यता रहेको थियोे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *