अज्ञात समूहद्वारा राप्तीका मेयर लामा सवार गाडी तोडफोड

चितवन, २४ असार
चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा सवार गाडी अज्ञात समूहद्वारा तोडफोड भएको छ ।

आइतवार राती करिब सवा ९ बजे राप्ती–२ स्थित बुद्धशान्ती माविको पछाडी पट्टि मेयर लामाले आफै चलाएको सरकारी गाडीमा आक्रमण भएको हो ।

समूहमा आएका केहि व्यक्तिले बा २ झ ३६६६ सेतो स्कार्पियोमा आक्रमण गरेको मेयर लामाको सचिवालयले जानकारी दिएको छ । मेयर लामाको गाडीको पछाडी पट्टिको सिसा फुटेको छ । मेयर लामालाइ कुनै भौतिक चोटपटक भने लागेको छैन ।

घटना घटेको केहि समयमै इलाका प्रहरी कार्यालय भण्डारा घटनास्थलमा पुगेको थियो । गाडी अहिले नगरपालिकाको प्रशासनिक भवनमा रहेको छ ।

केहि समय अगाडीदेखि लामालाई जिल्ला सुरक्षा समितिले सुरक्षाको लागी एक जना पिएसओ समेत खटाएको थियो ।

घटनाको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *