गैँडाकोट नमूना कलेजका दुई छात्रा जसले व्यवस्थापन संकाय तर्फ उत्कृष्ट नतिजा ल्याएर जिल्लाकै अब्बल बने

गैँडाकोट, २३ असार

पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको गैँडाकोट नमूना कलेजले स्नातक तह तेस्रो वर्ष ( व्यवस्थापन संकाय ) तर्फ उत्कृष्ट नतिजा हाँसिल गरेको छ ।

त्रिभूवन विश्वविद्यालयले गतवर्ष लिएको बिबिएस तेस्रो वर्षको परिक्षामा कलेजका दुईजना छात्राहरुले जिल्ला प्रथम हुँदै रेकर्ड कायम गरेका छन् ।

कलेजका अध्यक्ष गोपेन्द्रकेशरी न्यौपानेका अनुसार छात्राहरु बिना रिजाल र अनु क्षेत्रीले क्रमश ७०.८० प्रतिशत हाँसिल गर्दै जिल्ला प्रथम हुन सफल भएको बताए ।

कलेजबाट परिक्षामा सहभागी भएका परिक्षार्थीहरु मध्ये ७० प्रतिशत विद्यार्थीहरु पास भएको उनले जानकारी दिए । पारिवारिक वातावरणमा अध्यापन गराईने नमूना कलेजले विगतका वर्षहरुमा समेत राम्रो रिजल्ट ल्याउदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *