यस्तो छ चितवनको ऐतिहासिक दियालो बंगला दरबार (फोटोफिचर)

चितवन, २३ असार
चितवनको भरतपुर महानगरपालिका १ स्थित आँपटारीमा रहेको ऐतिहासिक दियालो बंगला दरबार संग्रहालय सर्वसाधारणका लागि खुला गरिएको छ ।

आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले दरबारभित्र संग्रहालयको अवलोकन गरि शुभारम्भ गरेका हुन् । संग्रहालय सर्वसाधरणको लागि खुला गर्न भरतपुर महानगरले पहल गरेको हो ।

विंस. २०२६ सालमा राजा महेन्द्रले दियालो बंगला दरबार बनाउन लगाएका हुन् । उनको २०२८ माघ १७ मा दियालो बंगलामै निधन भएको थियो। त्यसपछि राजा विरेन्द्र महेन्द्रको वार्षिक तिथि पारेर बंगलामा आउने गर्थे ।

राजा विरेन्द्रले २०५७ सालमा आफ्नो जन्मोत्सव पनि यही दरबारमा मनाएका थिए ।

यस्तो छ दियालो बंगला दरबार, तस्बिरहरु हेर्नुस् :-

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *