नारायणी नदिको पुलबाट हाम फाले एक पुरुष

चितवन, असार २३-
नारायणी नदिको पुलबाट एक पुरुष नदीमा हाम फालेका छन् । आइतबार बिहान १०ः४० बजेको समयमा साइकलबाट झरेर अन्दाजी ५०/५५ वर्षीय एक पुरुष पुलबाट नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार ति पुरुषको पहिचान नखुलेको र उक्त स्थानमा विपत व्यवस्थापन सहित प्रहरी टोली खटाइएको छ ।

पुलमा उनले छाडेको साइकल, चप्पल, टोपी लगायतका सामान फेला परेको छ । वेपत्ता पुरुषको खोजी भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *