नेपालका नदीहरु फोहोर भएपछि जनचेतना जोगाउन क्रिएसन संस्थाले सुरु गर्याे सरसफाइ अभियान

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • नेपालका नदीहरु फोहोर भएपछि जनचेतना जोगाउन क्रिएसन संस्थाले सुरु गर्याे सरसफाइ अभियान
नेपालका नदीहरु फोहोर भएपछि जनचेतना जोगाउन क्रिएसन संस्थाले सुरु गर्याे सरसफाइ अभियान

चितवन, असार १९ –
क्रिएसन नामक संस्थाले नारायणी नदी किनारमा सरसफाइ सुरु गरेको छ । आज शिवघाट परिसरमा संस्थाले सरसफाइ गरेको हो ।

सरसफाइका क्रममा ५६६ किलो प्लास्टिकजन्य फोहोर उठाइएको पलिस्ठा मानन्धरले जानकारी दिनुभयो । १०६ जना नारायणी सरसफाइमा भाग लिएका थिए । सरसफाइमा भरतपुर महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारी, भरतपुर ४ र १६ का वडाध्यक्ष, नेपाल आर्मी, नेपाल प्रहरी र स्थानीयको सहभागिता रहेको थियो ।

क्रिएसन संस्थापक आनन्द मिश्रले शिवघाटका होटलहरुले फोहोर ल्याएर किनारमा फालिदिने गरेको पाइएको बताउनुभयो । यसैगरी मानिसहरुले रातिराति आएर फोहोर फाल्ने गरेको पनि पाइएको उनले जानकारी दिनुभयो ।

उनले यसरी फोहोर नफाल्नका लागि सचेतना गराउनका लागि सरसफाइ गरिएको बताउनु भएको छ ।

नेपालका नदीहरुमा हुने प्लाष्टिकजन्य वस्तुहरुको रोकथाम गर्नका लागि विभिन्न कार्यक्रमहरु गरी प्लास्टिकजन्य प्रदुषण नियन्त्रण गर्न १ वर्षसम्म चलाइने कार्यक्रम अन्तर्गत आज सरसफाइ गरिएको हो ।

यो प्रोजेक्ट क्यापको हिस्सा हो र यो नेपालका ७ वटा पालिकामा लागू भएको कार्यक्रम हो भने प्रोजेक्ट क्यापलाई प्लिज प्रोजेक्टले सहयोग, World Bank र UNOPS ले बित्तीय सहयोग गरेको एक आयोजना भएको सस्थापक मिश्रले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *