बोष्टन ईन्टरनेशनल कलेजद्वारा ‘एडुएआई मिटअप’ शीर्षकमा एक दिने तालिम सम्पन्न

चितवन, असार ७-

बोष्टन ईन्टरनेशनल कलेजले “एडिअआई मिटअप, आर्टिफिसियल ईन्टेलिजेन्सको शिक्षामा प्रयोग” शीर्षकमा एक दिने तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रशिक्षण दिनको लागि गूगल प्रमाणित प्रशिक्षक र डिजिटल बियन्डका सह-संस्थापक सुसिल उप्रेतीलाई निम्त्याईएको थियो। कार्यक्रमको सहजीकरण गर्ने भुमिकामा बोष्टन कलेजकै प्राध्यापक मिन प्रसाद दवाडी हुनुहुन्थ्यो।

कलजेका स्नातक कार्यक्रम निर्देशक  पुष्पराज अधिकारीको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रममा प्रस्तोता सुसिल उप्रेतीले करिब डेढ घण्टा कार्यशाला सञ्चालन गर्नुभयो। कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, सह-प्रधानाध्यापक, कार्यक्रम संयोजक, र शिक्षकहरु गरी १०० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका सहजकर्ता सुसिल उप्रेतीले एआईले आउँदा दिनहरूमा शिक्षा प्रणालीलाई कसरी नेतृत्व गर्नेछ र यो विद्यार्थीहरूलाई कसरी प्रभावित गर्नेछ भन्ने विषयमा चर्चा गर्नुभयो। हाल एआई शिक्षण सहायकको रूपमा प्रयोग भइरहेको छ। हामी यस्तो युगमा छौं जहाँ कम्तीमा एआईका आधारभूत शब्दावलीहरू थाहा पाउन जरुरी छ, विशेष गरी शिक्षकहरूका लागि यसैगरी, शिक्षकहरूले विद्यार्थीहरूलाई एआईलाई आफ्ना व्यक्तिगत शिक्षकको रूपमा प्रयोग गर्न प्रोत्साहित गर्नुपर्छ।

स्कूलले विद्यार्थीहरूलाई दीर्घकालीन रुपमा एआईका फाइदा र बेफाइदाबारे मार्गदर्शन गर्न जिम्मेवार हुनुपर्छ। साथै, शिक्षकहरूले विद्यार्थीहरूले एआईलाई नैतिक रूपमा प्रयोग गर्न सुनिश्चित गर्नुपर्छ। अभिभावकहरूलाई पनि एआईबारे जानकारी हुनु आवश्यक छ र स्कूलले यो गर्ने अपेक्षा राखिन्छ। हामीले शैक्षिक इमानदारी कायम राख्न सक्षम हुनुपर्छ। स्कूलले विद्यार्थीहरूलाई आईटी संसारमा अनुकूल हुन सिकाउनुपर्छ। हामीले एआई साक्षर हुनुपर्छ।

एआई विद्यार्थीहरूका लागि ‘जस्ट इन टाइम’ हुनुपर्छ, ‘जस्ट इन केस’ होइन भन्ने सन्देश दिँदै करिब ३० वटा भन्दा धेरै एआईका सफ्टवयरहरुको बारेमा जानकारी दिनुभएको थियो। त्यसमध्ये प्रमुख सफ्टवयरहरुमा पर्ने केही तल दिईएको छ:

ChatGPT

Gemini

Co-Pilot

Flexi (CK-12)

Google Notebook LM

Magic School AI

Hello History

Conker

एआईले हामीलाई प्रतिस्थापन गर्ने छैन तर एआई प्रयोग गर्न जान्ने व्यक्तिहरुले नजान्नेहरुलाई प्रतिस्थापन गर्नेछन्। सहभागीहरूले शिक्षण-शिक्षण पद्धतिमा यो अझ चुनौतीपूर्ण भएको प्रतिक्रिया दिए। अहिले औजार र मानवहरू धेरै आपसमा जडित भइसकेका छन्।

कार्यक्रम पश्चात आफ्नो प्रतिक्रिया दिँदै अर्किड साईन्स कलेजका प्राधानाध्यापक डा. खेम आचार्यले भन्नुभयो, “जेनेरिभव आर्टिफिसियल ईन्टेलिजेन्सलाई विषयवस्तु बनाई विभिन्न शैक्षिक संस्थाका प्रतिनीधीहरुलाई बोलाएर आयोजना गरिएको यो तालिम निकै उपयोगी रह्यो।” सहभागीहरुलाई सहभागिताको प्रमाणपत्रहरु पनि वितरण गरिएको थियो। कार्यक्रमको सफलताबाट गौरभावन्वित हुँदै यस कार्यक्रमलाई संयोजन गर्नुभएका स्नातक कार्यक्रम उपनिर्देशक नवीनकुमार श्रेष्ठले खुसी व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा धन्यवाद मन्तव्य बोष्टन कलेजकै एमबिए कार्यक्रम उपनिर्देशक शिखर लामिछानेले दिनुभएको थियो भने, समापन मन्तव्य कार्यक्रमका सभापति तथा बोष्टन कलेजका कार्यकारी निर्देशक राजु लामाले दिनुभएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *