को–को पुगे रास्वपाको चियापान कार्यक्रममा ?

काठमाडौं, असार ७-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार आफ्नो दोस्रो स्थापना दिवस मनाइरहेको छ । सोही अवसरमा बनस्थलीस्थित पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता कार्यक्रम सहभागी भएका छन् ।

चियापानमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरू विमलेन्द्र निधि, रमेश लेखक, विनोद चौधरी, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एंव परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सुदन किराँती, हितराज पाण्डे, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, आजपाका अध्यक्ष प्रभु साह, जनमत अध्यक्ष सीके राउत पुगेका छन् ।

चियापान कार्यक्रममा सहभागी भएरसभापति देउवासहित कांग्रेसका नेता र माओवादी नेताहरू बाहिरिएका छन् । नेता तथा विभिन्न क्षेत्रका व्यक्ति चियापान कार्यक्रममा सहभागी हुन जाने क्रम चलिरहेकाे छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *