हिरासतमा रहेका सिरोहिया टाउको र मुटु दुखेपछि अस्पताल भर्ना

११ जेठ, काठमाडौं
चार दिनदेखि प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।

सिरोहियाका वकिल रमन कर्णका अनुसार उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि सिरोहिया अस्पताल भर्ना भएका हुन् ।

शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो तर प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण गर्ने सुविधा उपलब्ध नभएपछि हाल काव्या अस्पताल सिरोहियाको उपचार भइरहेको छ ।

सिरोहियालाई पहिलेदेखि नै डायबेटिज, उच्च रक्तचाप लगायतका समस्या रहेको परिवारले जनाएको छ । थप उपचार अघि बढाइएको अस्पतालले जनाएको छ ।

गत मंगलबार कार्यालयबाटै गिरफ्तारीमा परेका सिरोहियालाई प्रहरीले जनकपुर लगेको थियो । धनुषा जिल्ला अदालतले उनलाई थप तीन दिन हिरासत राख्न शुक्रबार म्याद थप गरेको हो।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *