ललितपुरमा आगलागी हुँदा एकै परिवारका ५ जना घाइते

२३ वैशाख, काठमाडौं
ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् ।

ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागी भएको हो ।

घाइते हुनेमा सन्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा रहेका छन् । उनीहरुलाई उपचारका लागि किस्ट अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

मोबिल स्टोर रहेको टहरोमा भएको आलगागीमा भएको सुवेदीले बताए । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *