झापामा कक्षा १२ को परीक्षा दिएर फर्किंदै गरेकी छात्रामाथि गोली प्रहार

काठमाडौँ, २१ वैशाख
झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि गोलि प्रहर भएको छ ।

दमकमा रहेको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत उदयपुरकी १८ वर्षीया एलिना अधिकारीमाथि गोली प्रहार भएको झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दले जानकारी दिए ।

उनलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको आशंका प्रहरीले गरेको छ । प्रहरीले यादवको खोजी कार्य जारी राखेको छ ।

डीएसपी चन्दका अनुसार उनको पेटमा गोलीको छर्रा लागेको देखिएको छ । उनको हाल अस्पतालमा उपचार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *