उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं, २१ वैशाख
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । पार्टी कार्यालयमा दिउँसो साढे ४ बजे बस्ने बैठकले इलाम–२ को उपनिर्वाचनको समीक्षा गर्नेछ ।

वैशाख १५ गते इलाम–२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो ।

बैठकमा संसद्को बर्खे अधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने रास्वपाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *