पूर्वी चितवनमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

चितवन, २० वैशाख
पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको ज्यान गएको हो । उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार ना२२प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–४ का सुमन गदालको घरमा ठोक्किएको थियो ।

परीक्षणका लागि भरतपुर अस्पतालमा शव राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *