उपनिर्वाचन : आज राति १२ बजेबाट प्रचार गर्न नपाइने

काठमाडौँ १२ वैशाख
वैशाख-१५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचनअन्तर्गत आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने भएको छ ।

निर्वाचन आयोगका अनुसार वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न निषेध गरिएको हो । राति १२ बजेबाट मौन अवधि शुरू हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मौन अवधिमा प्रचार गर्न पाइँदैन ।

उपनिर्वाचनमा प्रतिनिधिसभा इलाम क्षेत्र नं. २ मा १९ र प्रदेश सभा बझाङमा १ (१) मा ११ उमेदवार प्रतिस्पर्धामा रहेका छन् ।

वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान तय भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *