चितवनमा भोलि जापानीज भाषा प्रशिक्षक तालिम हुँदै

भरतपुर, चैत १४
चितवनमा भोलि जापानीज भाषा प्रशिक्षक तालिम हुने भएको छ ।

ECAN चितवन र J-cert नेपालको संयुक्त आयोजनामा उक्त तालिम हुन लागेको हो ।

शैक्षिक परामर्श व्यवसायीले जापानको उच्च शिक्षा प्रवर्द्धन गर्ने व्यवसायीहरुलाई उक्त कार्यक्रम निकै फलदायी हुने कार्यक्रम संयोजक तथा इक्यानका उपाध्यक्ष प्रज्वल पौडेलले जानकारी दिए ।

कार्यक्रममा भरतपुर, पूर्वी चितवन र नवलपुरका गरि करिब १०० जना जापानीज भाषा प्रशिक्षकहरुको उपस्थित रहने अनुमान गरिएको पौडेलले जानकारी दिए ।

होटल रोयल सेन्चुरीमा दिउँसो २ बजेबाट सुरु हुने कार्यक्रम बेलुकी ६ बजे समापन हुने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *