भरतपुरमा विवाद भएपछि मतगणना रोकियो

चितवन, जेठ १

चितवनको भरतपुर महानगरपालिकाको मतगाणना रोकिएको छ । मतपत्र सदर की बदर भन्ने विवाद भएपछि अहिले मतगणना रोकिएको गणनास्थलमा रहनुभएकी पत्रकार रविना पौडेलले जानकारी दिनुभयो ।

एमालेको चुनाव चिन्ह शूर्यमा लगाइएको छाप मधुरो देखिएपछि निर्वाचन अधिकृतले पहिले सदर भनेको र पछि उहाँले नै त्यही मतलाई बदर भनेको बिषय विवादमा आएको उहाँले बताउनुभयो । अहिले नेकपा एमालेका प्रतिनिधीहरु मतगणना स्थल भन्दा बाहीर रहेका र आन्तरीक छलफल भइरहेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *