नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रकको ठक्करबाट बसमा सवार तीन जना घाइते

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रकको ठक्करबाट बसमा सवार तीन जना घाइते
नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रकको ठक्करबाट बसमा सवार तीन जना घाइते

चितवन, फागुन २८

नारायणगढ–मुग्लिन सडक खण्डको जुगेडी प्रहरी चेकपोष्ट नजिक यात्रुबहाक बसलाई मिनि ट्रकले ठक्कर दिएको छ ।

आज बिहान ८ः४० बजेको समयमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ९७०६ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ८८७२ नम्बरको मिनी ट्रकले पछाडीबाट ठक्कर दिँदा बसमा सवार तीन जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा अक्षाम बान्निगढी जयगड गाउँपालिका–३ बस्ने बर्ष २५ की मिठु साउद, धादिङ गजुरी गाउँपालिका–१ बस्ने बर्ष ५३ की देबी तामाङ र बसको सहचालक चितवन रत्ननगर नगरपालिका–१२ बस्ने बर्ष २८ को सुनिल विक रहेका छन् ।

घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । प्रहरीले दुवै सवारी साधनका चालकलाई नियन्त्रणमा लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *