सिद्दी छात्रावासका विद्यार्थीहरुलाई युवा मञ्चको अगुवाईमा खाद्यान्न सहयोग हस्तान्तरण

चितवन, २४ फागुन

चितवनको कालिका नगरपालिका वडा नम्बर १० स्थित सिद्दी छात्रावासका विद्यार्थीहरु लाई युवा मञ्च सामाजिक संस्थाको अगुवाईमा आज एक कार्यक्रमका बिच खाद्यान्न सहयोग हस्तान्तरण गरिएको छ ।

छात्राबासका प्रमुख भरत चेपाङले खाद्यान्नको अभावले विद्यार्थीहरु भोकै बस्नु पर्ने अवस्था सिर्जना भएको भन्दै सामाजिक संजालमा सहयोगको अपिल गरेपछी युवा मञ्चको समन्वय र विभिन्न दाताहरुको सहयोगमा खाद्य सामाग्री सहयोग हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथी पत्रकार तथा सामाजिक अगुवा लक्ष्मण गौतम र बिशिष्ठ अतिथी सिद्दी छात्राबासका प्रमुख भरत चेपाङ तथा युवा मञ्चका विभिन्न पदाधिकारी आतिथी रहनु भएको थियो । हस्तान्तरण कार्यक्रममा छात्राबासमा अभाब रहेको चामल , दाल, तेल, भुजा , नुन ,चाउचाउ , तरकारी लगायतको करिव ६२ हजार रुपैया बराबरको खाद्य सामाग्री हस्तान्तरण गरिएको हो । संस्थाका अगुवा राजु खरेलले संचालन गर्नु भएको कार्यक्रम अध्यक्ष तुलसी प्रसाद भट्टको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रमका सभापति भट्ट्ले आगामी दिनमा समेत सहयोग गर्ने बताउदै बालबालिकाको भबिष्य सुनिश्चित गर्न सबैको सहयोग आबश्यक भएको बताउनु भयो । सहयोग हस्तान्तरण कार्यक्रममा छात्राबासका प्रमुख चेपाङ ले आभार ब्यक्त गर्दै विद्यार्थीहरुको पढने र बाच्न पाउने अधिकार लाई सहयोग पुर्याउन अपिल गर्नु भएको थियो ।

छात्रावासमा हाल विभिन्न स्थानमा घर भै बिपन्न , जोखिममा परेका, अभिभावक बिहिन ५४ जना बालबालिका रहेका छ्न । उनिहरु सोही स्थानको विभिन्न कक्षामा अध्यन गर्ने गरेका छ्न ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *