वाग्मती प्रदेशका एघार लाख भेडाबाख्रामा पिपीआरविरुद्धको खोप

वाग्मती, २४ फागुन : 
वाग्मती प्रदेश सरकारद्वारा वाग्मती प्रदेशको १३ जिल्लामा ११ लाख ४२ हजार तीन सय २७ भेडाबाख्रालाई पिपीआरविरुद्धको खोप लगाइएको छ ।
 प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय हेटौँडाले पिपीआर रोग नियन्त्रण तथा रोकथामका लागि १६ गते फागुनदेखि २२ गतेसम्म  सप्ताहव्यापी रुपमा खोप अभियान सञ्चालन गरी गरिएको थियो ।
 मन्त्रालयका प्रवक्ता सुजन कँडेलका अनुसार मकवानपुर जिल्लामा एक लाख ९१ हजार नौ सय एक,  चितवन जिल्लामा ८५ हजार १९, रामेछाप जिल्लामा एक लाख पाँच हजार चार सय, सिन्धुपाल्चोक जिल्लामा ७५ हजार सात सय आठ, दोलखा जिल्लामा ९० हजार चार सय ४७, काठमाडाँै जिल्लामा २२ हजार १४, ललितपुर जिल्लामा २४ हजार २५, भक्तपुर जिल्लामा नौ हजार एक सय ८५ तथा काभ्रे जिल्लामा एक लाख २७ हजार, नुवाकोट जिल्लामा ७४ हजार सात सय १९, रसुवा जिल्लामा १९ हजार आठ सय ३८ र धादिङ जिल्लामा एक लाख ६० हजार छ सय ३६, सिन्धुली जिल्लामा ५१ हजार दुई सय भेडाबाख्रामा पिपीआर रोग विरुद्ध खोप लगाइएको जनाइएको छ ।
वाग्मती प्रदेशभरिका १५ लाख ८४ हजार भेडाबाख्रामा खोप लगाइने मन्त्रालयको योजना छ । गत वर्ष मन्त्रालयले यही अभियानअन्र्तगत नौ लाख ७९ हजार एक सय ८७ भेडाबाख्रालाई पिपीआर विरुद्धको खोप लगाएको थियो । मन्त्रालयले खोप अभियान सञ्चालनका लागि खोप केन्द्रविन्दुबाट सम्बन्धित वडा कार्यालय तथा पशुसेवा कार्यालयमा जानकारी गराइ खोप लगाउने कार्य सुरु गरेको थियो ।
 सप्ताहव्यापी  खोप कार्यक्रमअन्र्तगत पिपीआरविरुद्ध १३ लाख ५० हजार वटा खोप उपलब्ध गराइएको थियो । पिपीआर भेडाबाख्रामा विषाणुको कारण हुने महामारी रोग हो । यो रोग लागेमा बाख्रा वा भेडामा ज्वरो आउने, झोक्राउने, मुख सुक्खा हुने, घाँसपात नखाने उग्राउन छाड्ने लक्षण देखापर्नुका साथै मृत्यु हुने गरेको छ । कचेरा लाग्ने, नाकबाट बाक्लो सिँघान बग्ने, गिजा र मुखभित्र घाउ देखिने तथा एकैपटक धेरै बिरामी हुने लक्षण देखिने गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *