माओवादीका ५ मन्त्री टुंगिए : परराष्ट्रमा नारायणकाजी, अर्थमा वर्षमान पुन

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • माओवादीका ५ मन्त्री टुंगिए : परराष्ट्रमा नारायणकाजी, अर्थमा वर्षमान पुन
माओवादीका ५ मन्त्री टुंगिए : परराष्ट्रमा नारायणकाजी, अर्थमा वर्षमान पुन

काठमाडौँ, २३ फागुन
नेकपा माओवादी केन्द्रले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

माओवादी केन्द्र स्रोतका अनुसार यसअघि मन्त्रिपरिषदमा रहेका ३ जनाले निरन्तरता पाउनेछन् । नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्नेछन् भने वर्षमान पुन अर्थमन्त्री बन्नेछन् ।

शक्तिबहादुर बस्नेत, रेखा शर्मा, हितबहादुर तामाङ पनि मन्त्री बन्नेछन् । तर उनीहरुको मन्त्रालय भने टुंगिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *