आजको मौसम : वाग्मतीसहित यी प्रदेशमा हुनेछ हिमपात र बदली

काठमाडौं फागुन २३
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा आज बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू–भागलगायत पहाडी भू–भागमा आंशिक बदली रहीेको छ । बाँकी भू–भागको मौसम मुख्यतया सफा छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा पनि हल्का हिमपातको सम्भावना छ ।
बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागका अनुसार राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *