७ दिनदेखि सम्पर्कविहिन शारदा नारायणी नदिमा मृत अवस्थामा फेला

भरतपुर, १५ फागुन
पोखरा बसपार्क पछाडि नारायणी नदिमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । देवघाट गाउँपालिका ५ बस्ने ५१ वर्षीय शारदा पौडेल मृत फेला परेको चितवन प्रहरीले जनाएको छ ।

आज बिहान ६:५० बजेको समयमा लास बगाउदैँ ल्याएको खबर पाए पछि विपद् सहितको प्रहरी टोलीले पौडेलको शब नदिबाट निकालेको हो ।

पौडेल फागुन ९ गते देखि सम्पर्कविहिन भएको आफन्तले बताएको छ ।

घटनाबारे आवश्यक कानूनी प्रकृया र अनुसन्धान भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *