क्यानडासँग नेपाल ‘ए’को रोमान्चक जित

काठमाडौँ, ८ फागुन
नेपालको ‘ए’ टोलीले मंगलबार खेलिएको दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा क्यानडा-११ लाई दुई विकेटले हराएको छ ।

जितसँगै नेपाल ‘ए’ ले तीन खेलको शृंखलालाई १-१ को बराबरीमा ल्याएको छ । पहिलो खेलमा क्यानडा-११ चार विकेटले विजयी भएको थियो ।

शृंखलाको तेस्रो तथा अन्तिम खेल बिहीबार खेलिने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *