चितवनका दुध किसानले जिल्ला प्रशासन कार्यालयमा बुझाए ज्ञापनपत्र, अब बसपार्कमा दुध पोख्ने (फोटोसहित)

भरतपुर, ६ फागुन
चितवनका दुध किसानले जिल्ला प्रशासन कार्यालयमा प्ले कार्ड र नारा–जुलुससहित ज्ञापनपत्र बुझाएका छन् ।

चितवन जिल्ला दूध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेलेका अनुसार केन्द्रीय बसपार्कमा गएर काेणसभासँगै विरोधस्वरूप दूध पोख्ने कार्यक्रम पनि रहेको छ ।

दूध बिक्री हुन छाडेको र दूध बिक्रीबापतको पैसा पनि महिनौँसम्म नपाए किसानको गुनासो छ । चितवनका ४० हजारभन्दा बढी पशुपालक किसानले करिब ५२ करोड भुक्तानी पाएका छैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *