रोहित ८७ रनमा आउट नेपालले गुमायो पाचौं विकेट

काठमाडौं माघ, २७

क्यानडाविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालका कप्तान रोहित पौडेल ८७ रन बनाएर आउट भएका छन् । १०१ बल खेलेका उनले ८ चौका र ४ छक्काको मद्दतमा ८७ रन बनाएका हुन् । यो सँगै नेपालले ५ विकेट गुमाएको छ ।

२८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि अनिलकुमार साह, देव खनाल र रोहितले अर्धशतक पूरा गरे । नेपालले ४१ ओभरको खेल सकिँदा २४१ रन बनाएको छ । नेपाललाई ५४ बलमा २५ रन चाहिएको छ र ५ विकेट बाँकी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *