यस्तो रहनेछ आजको मौसम

काठमाडौं माघ २७
देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

आज बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस रहको छ । दिउँसो १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिजो काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस रहेको थियो ।

विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *