लायन्स क्लव नारायणगढ नारायणी रजत महोत्सवः हाजिरीजवाफमा नारायणी क्रियटिभ पहिलो

चितवन, माघ २१–

महिलाहरु मात्रै सदस्य रहेको लायन्स क्लव अफ नारायणगढ नारायणीको रजत महोत्सव समारोह अन्तरगत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

नारायणी कला मन्दिर नारायणगढमा भएको प्रतियोगितामा लायन्स अन्तर्राष्ट्रिय ३२५ आर भरकै महिला क्लवहरुलाई आमन्त्रण गरिएकोमा १२ वटा क्लवले सहभागिता जनाएको थियो ।

प्रतियोगितामा लायन्स क्लव अफ नारायणी क्रियटिभ पहिलो, लायन्स क्लव अफ रत्ननगर लेडीज दोस्रो र लायन्स क्लव अफ नारायणगढ संगमचोक सञ्जिवनी तेस्रो स्थान हासिल गर्न सफल भएको आयोजक लायन्स क्लव नारायणगढ नारायणीकी अध्यक्ष अञ्जु पियाले जानकारी दिइन् ।

यस्तै लायन्स क्लव अफ नवलपुर मिडप्वाइन्टले भने सान्त्वना स्थान हासिल गर्न सफल भयो । विजेता, उपविजेताहरुलाई पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक मन्दिरा जोशीले जानकारी दिइन् । क्लवले रजत महोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्दै आइरहेको छ । मधुमेह परीक्षण गरेर रजत महोत्सव कार्यक्रमको समुद्घाटन गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *