प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ , १९ माघ
आसन्न संसद् अधिवेशनलाई प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच शान्ति प्रक्रियाका बाँकी कामका साथै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत अन्य विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

यही माघ २२ गतेदेखि सङ्घीय संसद्का दुवै सदनको बैठक हुँदैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *