बाँदर नियन्त्रण गर्न रुख काट्ने वडाको अभियानमा महानगरको रोक

पोखरा, १६ माघ
पोखरा महानगरपालिकाले वडाले चलाएको रुख काट्ने अभियानमा रोक लगाएको छ । महानगरका मेयर धनराज आचार्यले रुख काट्नेबारे महानगरबाट कुनै पनि निर्णय नभएको जानकारी दिंदै रोक लगाएको बताएका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १९ वडा कार्यालयले बाँदर नियन्त्रणका लागि रुख काट्ने अभियान शुरू गरेको थियो ।

वडा कार्यालयले सोमबार सूचना जारी गर्दै लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको भन्दै नियन्त्रणका लागि १० दिनभित्र आफ्नो घर वरपरका रुखहरू कटान गर्न आग्रह गरेको थियो ।

तर, महानगरले प्रमुखले भने सामाजिक सामाजिक सञ्जाल फेसबुकमार्फत बिनाअनुमति रुख काट्ने, फाड्नेलगायत कार्य नगर्न, नगराउन अनुरोध गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *