भरतपुरको लाइफकेयर पुर्नस्थापना केन्द्रभित्र कुटपिट गरि एकजनालाई मारेको परिवारको आरोप

भरतपुर, ,२३ पुस
भरतपुर महानगरपालिका नारायणपुरमा रहेको लाइफ केयर पुर्नस्थापना केन्द्रभित्र एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–८ घर भएका ५८ वर्षीय चित्रबहादुर थापा रहेका छन् । थापाले धेरै रक्सि पिउने भएकोले पुस १७ गते पुर्नस्थापना केन्द्रमा ल्याइएको परिवार स्रोतले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार उनको अचानक ढलेर मृत्यु भएको हो ।

मृतकका परिवारले पुर्नस्थापना केन्द्रभित्र हात बाँधेर कुटपिट गरि मृत्यु भएको आरोप लगाएको छ। तर प्रहरीले भने कुटपिटबाट मृत्यु भएको भन्ने कुनै आधार नभएको जनाएको छ ।

यस घटनाका बारेमा जिल्ला प्रहरी कार्यालयमा दुईतर्फी छलफल भइरहेको मृतकका भाई सोमबहादुर थापाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *