चितवनमा पृथ्वी जयन्ती भव्य रुपमा मनाइने

भरतपुर,२२ पुस-

चितवनमा यस वर्षको पृथ्वी जयन्ती भव्य रुपमा मनाइने भएको छ । पुस २७ गते पृथ्वी जयन्ती भव्य रुपमा मनाउने राप्रपा चितवनले निर्णय गरेको छ ।

पार्टीका कार्यवहाक अध्यक्ष चेतनाथ वाग्लेको अध्यक्षतामा आइतबार बसेको राप्रपा चितवनको बैठकले पृथ्वी जयन्तीका दिन बाजागाजा र झाँकीसहित वृहत रुपमा नगर परिक्रमा गर्ने निर्णय गरेको हो ।

बैठकले पृथ्वी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सबैलाई सहभागिताका लागि आब्हान गरिएको राप्रपा भरतपुर महानगर कमिटी सचिव सुलभ सिग्देलले जानकारी दिए ।

उनका अनुसार पूर्वमन्त्री बिक्रम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिनेछ । बैठकमा राप्रपा सहमहामन्त्री रिना गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *