येस्तो रहनेछ आजको मौसम

काठमाडाैं पुस १३,

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि हुस्स/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा पनि आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *