धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

काठमाडाैं कात्तिक ५,

धादिङ केन्द्रबिन्दुर भएर आइतबार बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

भूकम्पको धक्का धादिङसहित काठमाडौँ, गोरखा, नुवाकोट, कास्की, चितवनलगायत विभिन्न जिल्लाहरुमा महसुश भएको खबर प्राप्त भएको छ । भूकम्पबाट हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *