इजरायलमा मृत्यु भएका ४ नेपाली विद्यार्थीको शव आज आइपुग्ने

काठमाडौं, कात्तिक ५

इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै छ।

शव बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ। शव बुझ्न परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थलमा पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

तेलअबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाएको छ।

नेपाल पठाइएका चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीको रहेको दूतावासले जनाएको छ।

काठमाडौं आइपुगेलगत्तै शव नेपाली सेनाको हेलिकप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लैजाने तयारी भएको मन्त्रालयले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *