इजरायलमा निधन भएका ४ जनाको शव आइतवार नेपाल ल्याइने

काठमाडाैं, कात्तिक ४
प्यालेस्टाइनी संगठन हमासको आक्रमणबाट निधन भएका ४ जना नेपालीको शव आइतवार नेपाल ल्याइने भएको छ।

परराष्ट्रमन्त्रीको सचिवालयले आइतवार बिहान ९ बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा शवहरू आइपुग्ने जनाएको छ ।

साथै, शवहरू आइतवार नै नेपाली सेनाको हेलिकप्टरमार्फत् कैलाली सदरमुकाम धनगढी लैजाने तयारी रहेको छ ।

हमासको आक्रमणबाट गत हप्ता १० जना नेपालीको निधन भएको थियो । अन्य शवहरुको पचिचान भईरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *