दसैँ मनाउन गाउँ फर्किनेको लर्को

काठमाडौं कार्तिक ०४
नेपालीको महान चाड दसैँ मनाउन घर फर्किनेको भिड लागेको छ । शनिबार बिहानैबाट काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख नाकामा घर जानेको भिड देख्न सकिन्छ ।

काठमाडौंका कोटेश्वर, नयाँ बसपार्क, जडिबुटी, गोंगबु, बालाजु, कलंकीलगायत क्षेत्रमा घर जानेहरु आफ्ना सरसामान बोकेर पुगेका छन् ।

दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौं उपत्यकाबाट बाहिरिने गरेका छन् । हरेक वर्ष दसैँ, तिहार, छठ मनाउन काठमाडौं उपत्यकाबाट घर छोड्नेहरुको संख्या उल्लेख्य हुने गर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *