हङकङले नेपाललाई दियो ९५ रनको लक्ष्य

काठमाडौँ, २ कात्तिक
त्रिदेशीय टी–ट्वान्ट्वी क्रिकेट शृंखलाअन्तर्गत जारी खेलमा हङकङले नेपाललाई ९५ रनको झिनो लक्ष्य दिएको छ । मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको हङकङले १९.३ ओभरमा सबै विकेट गुमाएर ९४ रनको योगफल खडा गर्‍यो ।

हङकङका यास्मिन मुर्तजाले ३६ रन बनाए । जिसान अलीले १७ रन थपे । यसबाहेक हङकङका अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । हङकङका सुरूवाती पाँचसहित कुल ९ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका करण केसीले पहिलो बलमै हङकङका कप्तान निजाकत खान बोल्ड भएका थिए। करणले हङकङका सुरूवाती तीन ब्याट्सम्यानलाई आउट गरेका थिए। हङकङले पावरप्लेमा २० रन जोड्दा ४ विकेट गुमाएको थियो।बलिङमा नेपालका करण केसीले ४ विकेट लिए। उनले ४ ओभरमा १५ रन खर्चिए। यस्तै सोमपाल कामी र अभिनास बोहराले २-२ विकेट लिए।

नेपालले बुधबार युएईलाई ७ विकेटले पराजित गरेको थियो। अब नेपालले शनिबार हङकङ र सोमबार युएईसँग खेल्नेछ। त्यसपछि अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टिमबीच फाइनल हुनेछ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *